डलरको भाउ आइतवार १ सय ५ रुपैयाँ

dollerकाठमाडौं, भदौं ६ । लगातार वढ्दै गएको डलरको भाउ आइतवार १ सय ५ रुपैयाँवाट पनि उकालो लागेको छ । डलरको भाउ वढेर दुई वर्षयताकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबार डलरको भाउ १ सय ५ रुपैयाँ ६० पैसा तोकेको छ । अमेरिकी डलरको अभाव रहेको भन्दै वाणिज्य बैंकहरुले साट्न मानेका छैनन्। बैंकहरुले डलरको अभाव छ भन्दै २ सय अमेरिकी डलरभन्दा धेरै सटही गर्न नमानेको ग्राहकहरुको गुनासो छ। नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक लगायत सबैजसो बैंकहरुले २ सय भन्दा बढी डलर सटही गर्न नमिल्ने जनाएका छन्।
वाणिज्य बैंकहरुले डलरको अभाव देखाइरहँदा विभिन्न मनी एक्स्चेन्जहरुले भने प्रयाप्त मात्रामा डलरको विक्री गरिरहेका छन्। ठमेलमा रहेका मनी एक्स्चेन्जहरुबाट प्रयाप्त मात्रामा डलर विक्री भइरहेको छ। डलरसंगै कतारी रियाल, साउदी रियाल र युएइ दिरामको भाउ पनि वढेको छ । आइतवार साउदी रियालको भाउ २८ रुपैयाँ ५० पैसा र कतारी रियालको भाउ २९ रुपैयाँ छ । यस्तै युएइ दिरामको भाउ २८ रुपैयाँ ७५ पैसा पुगेको छ । तर मलेसियन रिङ्गेटको भाउ पनि घटिरहेको छ । आइतवार राष्ट्रबैकले रिङ्गेटको भाउ २५ रुपैयाँ २४ पैसा तोकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =