रानी मुखर्जी आमा बन्दै

रानी मुखर्जी जनवरीमा आमा बन्दैमुम्बई । बलिउड चर्चित रुपमा रहेकी  अभिनेत्री रानी मुखर्जी आफ्नो निजी जीवनका कुरा सार्वजनिक गर्न रुचाउँ दिनन्। रानीले यस चोपडाका छोरा आदित्य चोपडासँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेकी थिइन्। अब रानी गर्भवती भएको समाचार सार्वजनिक भएको छ। केही दिनदेखि रानी गर्भवती भएको हल्ला चलेको थियो। तर त्यसप्रति रानीले कुनै जवाफ  दिएकी थिइनन्। तर रानी गर्भवती भएको समाचारमा लालमोहर लागेको छ। अर्थात रानी गर्भवती भएको खबर पक्का भएको छ। भारतीय संचारमाध्यमका अनुसार रानीको पेटमा चार महिनाको गर्भ रहेको छ भने उनको डेलिवरी जनवरी महिनामा हुने भएको छ। रानीको भाउजू तथा टिलेभिजन अभिनेत्री ज्योति मुखर्जीले रानीको चार महिनाको गर्भ रहेको पुष्टि गरेकी हुन्। केही दिन अगाडिमात्र रानी आफ्ना पति आदित्य चोपडासँग बेलायतमा एक महिनाको छुट्टि मनाएर फर्किएकी छिन्।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =