विवाहको भोलीपल्ट नै श्रीमती बिरुद्ध मुद्वा, मेकअप गरेर झुक्याएको आरोप

hannabeth.buzznetएलजियर्स । विवाहको दोस्रो दिन श्रीमतीले मेकअप गर्न के बिर्सेकी थिइन् उनीविरुद्ध श्रीमानले मुद्दा नै ठोकिदिए । घटना अल्जेरियाको हो । विवाहको दोस्रो दिन जब श्रीमान् सुतेर उठे तब उनले आफ्नी श्रीमतीको ‘वास्तविक’ अनुहार देख्दा उनी चकित भए । जुन अनुहार उनले देखिरहेका थिए उनलाई त्यो अनुहार आफ्नी श्रीमतीकै हो भन्ने विश्वास नै भएन ।
श्रीमानका अनुसार उनकी श्रीमती विवाह पहिले निकै राम्र्री र आकर्षित देखिन्थिन् । उनी भन्छन्, ‘विवाहको भोलीपल्ट उठ्दा मसँगै जो महिला सुतिरहेकी थिइन्, उनी मेरी श्रीमती नै हुन् भन्ने विश्वास नै लागेन ।’
उनले आफ्नी श्रीमतीलार्इ घरमा चाेरी गर्न अाएकाे समेत ठाने । यसका साथै उनले उनीमाथि धोका र मनोवैज्ञानिक पीडा दिएको भन्दै मुद्दा दर्ता गरेका छन् । श्रीमानले क्षतीपूर्तीको रुपमा २० हजार डलर माग गरेका छन् । उनी भन्छन्, ‘जब म सुतेर उठें तब मैले उनको पहिचान गर्न सकिनँ । मलाई लाग्यो घरमा कोही चोर पसेछ ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =