पित्तको पत्थरी फालेर भारतीय डाक्टरले दोश्रोपटक बनाए विश्व रेकर्ड

Jeevamसबैभन्दा कम उमेरको बच्चाको पित्तथैलीको पत्थरी निकालेर भारतका एक शल्यचिकित्सकले विश्वकिर्तिमान कायम गरेका छन् ।भारतको जयपूरस्थित एसएमएस अस्पतालको सर्जरी विभागका डाक्टर जिवन काँकरियाले दोश्रोपटक गिनिज बुकमा नाम लेखाएका हुन् ।

जिवनले एकजना दुइवर्षे बालकको पित्तथैलीमा रहेको पत्थरी अप्रेसन गरेर हालै निकाल्न सफल भएका हुन् । यसअघि पाकिस्तानको इस्लामावादस्थित क्यापिटल हस्पिटलका डाक्टर नइमको नाउँमा यो किर्तिमान थियो र उनले ४ वर्षे बालकको पित्तथैलीबाट पत्थरी निकालेका थिए ।

गएको मे २७ मा डाक्टर काँकरियाले यो किर्तिमानी शल्यक्रिया गरेका हुन् । गत अगष्ट २० मा मात्र गिनिज बुकका अधिकारीहरुले यसलाई पुष्टि गरे । गत शुक्रबार उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र प्रदान गरियो ।काँकरियासँग यसअघि पनि एउटा गिनिज बुकको रेकर्ड कायम छ । उनी विश्वमा सबैभनदा लामो पित्तथैलीको शल्यक्रिया गर्ने डाक्टर पनि हुन् ।onlinekhabar

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =