चुरापोते होइन, पुस्तक बाँडौ

जो प्रायः खुसी, सुखी र स्वस्थ रहन्छ उसैको आयु  लामो हुन्छ । त्यसैले श्रीमानको आयु बढाउन चुरा पोेते लगाउने र बाँड्ने होइन पुस्तक किनेर पढौं ।

sangta-paneruचारदिन अघि एउटा कस्मेटिक पसलमा स्याम्पु किन्न गएकी थिएँ । पसल्नी दिदीले स्याम्पु दिँदै भनिन्, बहिनी साउन लाग्यो हरियो पँहेलो चुरा पोते लगाउने होइन ? अझ तपाईको त बिहे गरेको पहिलो वर्ष सबैलाई बाँड्नुपर्छ । यसो गर्‍यो भने श्रीमानको आयु बढ्छ रे । मैले त कतिलाई बाँडेकी थिएँ ।

ति दिदीको  कुरा सुनिसकेपछि मैले भनें ठिकै छ दिदी दिनु नै पर्छ भने बिस्तारै दिउँला नी के को हतार ?  अझै उनले थपिन्, ‘बिहे गरेपछि त धेरै कन्जुस गर्नुहुन्न है बुढोसँग माग्ने नी पैसा ?’ मन लागेका श्रृङगारका सामान किन्ने लगाउने हिंड्ने गर्नुपर्छ ।

आफूलाई चाहिने भन्दा बढीको सामान किन किन्नु पर्‍यो र ? आवश्यक परेको सामान किन्न मैले पनि जानेकी छु दिदी तैपनि सुझावको लागि धन्यवाद ।  यति भनेर म आफ्नो बाटो लागेँ । न त मैले आफ्नो लागि चुरा पोत किनेँ, न अरुलाई दिन ।

‘मैले त पहिलो वर्ष कति धेरैलाई चुरा पोते बाँडेकी थिएेँ भन्ने ति दिदीको कुराले कोठामा गएपछि पनि झस्काइरह्यो । ति दिदीले साँच्चै भनेकी हुन् वा त्यो उनको व्यापारिक पोलिसी हो मैले बुझ्न सकिन । तर मलाई पटक्कै विश्वास थिएन चुरा पोते लगाएर श्रीमानको आयु बढ्ने कुरामा । भौतिकवादमा विश्वास गर्ने मैले कसरी  पत्याउँ ?

साउन लागेपछि हरियो पँहेलो चुरा पोते, हातमा मेहन्दी लगाएर प्रत्येक सोमबार श्रीमानको आयु लामो होस भन्दै ब्रत बस्ने महिलाको संख्या गाउँ सहरमा प्रशस्त छ । तर, मैले अहिलेसम्म श्रमिती वा आमाको आयु लामो होस भन्दै पुरुषले  ब्रत बसकौ मैले अहिलेसम्म थाहा पाएकी छैन ।

महिला किन पछाडी परिरहेका छन् भन्ने कुरा यहीबाट पनि स्पष्ट हुन्छ । किनकी महिलाले आफ्नो भविष्य भन्दापनि बढी अरुको भविष्य सोच्ने गर्छन् । होइन भने अधिकांश महिला किन श्रीमानको आयु लामो होस भन्दै व्रत बस्छन् ? के श्रीमतीको आयु लामो होस भनेर पुरुषले व्रत बस्न हुँदैन ? आखिर श्रीमान श्रीमती भनेका  एक रथका दुई पाङ्ग्रा न हुन्  ।

जीवनको यो मोडसम्म आइपुग्दा मैले  देखेको सत्य कुरा के हो भने प्राय हरेक पुरुष बिहान उठ्ने बित्तिकै पत्रपत्रिका पढ्ने, रेडियो, टेलिभिजनमा समाचार सुन्ने र हेर्ने गर्छन् । तर महिला घरायसी काममा बढी व्यस्त हुन्छन् । यो महिलाको बाध्यता हो । तर, कतिपय महिला काम भएन भने पत्रपत्रिका र पुस्तक पढ्न भन्दा पनि मठ मन्दिर जाने पुजापाठ गर्नतिर लाग्छन् । के यो अशिक्षाकै कारण हो त ? अँह पटक्कै होइन । धेरै पढेलेखेका महिलाको बानी पनि त्यस्तै छ ।

कतिपयले भन्छन् ‘महिलासँग पैसा नै हुँदैन अनि कसरी पुस्तक र पत्रपत्रिका किनेर पढुन् त !’ यो कुरा केही हदसम्म ठिकै पनि हो । तर सबै महिलाको हकमा यो लागू हुनसक्दैन । कतिपय महिला आफ्नो लागि आफैँ खर्च जुटाउन सक्ने भइसकेका छन् । उनीहरूसँग पैसा भएपनि गर–गहना, श्रृङगार र फेसन अनुसारका कपडा किन्नतिर ध्यान दिन्छन्  तर, पुस्तक किन्न कहिल्यै पनि ध्यान दिँदैनन्। अनि कसरी हुन्छ महिला र  पुरुषमा बराबर ? जब सम्म हामी आफैंमा परिवर्तन हुन सक्दैनौं तवसम्म परिवर्तन र अधिकारका कुरा गरेर केही हुँदैन । समय धेरै  परिवर्तन भइसक्यो । घरमा सासुले बुहारीलाई गर्ने व्यवहार श्रीमानले श्रीमतीलाई गर्ने व्यवहारमा धेरै फरक छ । आजभोलीका अधिकांश श्रीमान र सासुहरू आफ्नी श्रीमती र बुहारी जान्ने सुन्ने होउन् भन्ने चाहन्छन् । तर, हामी आफैँ रुढीबादी संस्कारमै रुमल्लिरहयौं भने कहिले पनि अगाडी बढ्न सक्दैनौं । कसैले एकदिनमाथि लगिदिँदैमा हामी सँधै माथि भइँदैन । त्यसको लागि समयअनुसार परिवर्तन हुनसक्नुपर्छ  । यो साउन महिनामा मेहन्दी लगाउन खर्चने समय पुस्तक पढ्नको लागि खर्चिउँ, चुरापोते किन्ने पैसाले पुस्तक किनौं । त्यसबाट तपाईहरूले केही नयाँ कुरा पक्कै थाहा पाउनुहुनेछ ।  तपाई जान्ने सुन्ने हुनुभयो भने तपाईका श्रीमान खुसी हुनेछन् । जो प्रायः खुसी, सुखी र स्वस्थ रहन्छ उसैको आयु  लामो हुन्छ । त्यसैले श्रीमानको आयु बढाउन चुरा पोेते लगाउने र बाँड्ने होइन पुस्तक किनेर पढौं mahilakhabar

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =