एप्पलको नयाँ आइफोन सिक्स एस सार्वजनिक, के छ नयाँ ? भिडियो सहित

apple-iphone-6-2एजेन्सी । बहुचर्चित कम्पनि एप्पलले आफ्नो पछिल्लो उत्पादन आइफोन सिक्स एस र सिक्स प्लस एस गरी दुई फोन गएराति सार्वजनिक गरेको छ ।

आइफोन सार्वजनिक गर्दै एप्पल प्रमुख टिम कुकले ‘यी संसारका सबैभन्दा आधुनिक स्मार्टफोन हुन्।’ भनेर बताए । आइफोन ४ देखि नै आफ्ना उत्पादनको एस सिरिज समेत उत्पादन गरिरहेको एप्पलले आइफोन ६ को एस सिरिज सार्वजनिक गरेको हो ।

के छ नयाँ
एस सिरिज आइफोन ६ र ६ प्लसकै सुधारिएको रुप हो । केही फिचरहरु थप छन् । क्यामेराको मेगापिक्सल निर्धारण गरेको छ। नयाँ आएका दुवै फोनमा १२ मेगापिक्सल ‘आइसाइट’ क्यामेरा छ । दुवैमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । दुवै फोनको फ्रन्टमा क्यामेरामा पनि फ्ल्यास हालिएको छ । यी क्यामेराले ४ के गुणस्तरको भिडियो खिच्न र सम्पादन गर्न सक्नेछन् ।

एप्पलले फोटोमै अर्को सुविधा पनि थप गरेको छ। ‘लाइभ फोटो’ नाम गरेको सो सुविधा अनुसार फोटो खिच्दा जब तपाइँले थ्री डी टचलाई केहीबेर थिच्नु हुन्छ त्यसले फोटोलाई साउन्डसहितको भिडियो बनाइदिन्छ। यसको विशेषता के रहेको छ भने तपाइँले खिचेको फोटो क्लिक हुनु अघि र पछि गरेर १।५ सेकेण्डको भिडियो तपाइँको फोटोसँगै खिचिन्छ। यो सुविधालाई तपाइँ प्रयोग नगर्न पनि सक्नुहुन्छ किनकी तपाइँलाई फोनको स्पेस कम हुनसक्छ ।

नयाँ फोनको अर्को फिचर हो, थ्री डी टच। यसमा आईफोनको स्क्रीनमा केहीबेर टच गरेर विभिन्न फिचरको प्रयोग गर्न सकिन्छ । दुवै फोनको सफ्टवेयर भर्सन पनि अपग्रेड गरिएको छ। यसमा ए ९ प्रोसेसर राखिएको छ। यसअघिका फोनमा रहेको ए ८ को तुलनामा यो ७० प्रतिशत बढी स्पीडको हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =