अर्को बिहेको तयारी गर्दै म्याराडोना

अर्को बिहेको तयारी गर्दै म्याराडोनाअर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना दोस्रो विवाहको तयारीमा लागेका छन् । प्रेमिका रोसिओ ओलिभासँगको चारवर्षे प्रेम–सम्बन्ध विवाहका रूपमा परिणत गर्न लागिएको म्याराडोनाले अर्जेन्टिनी मिडियालाई जानकारी दिए । म्याराडोना प्राय: आफ्नो विवादित पक्ष लुकाउन खोज्छन् । सकेसम्म नराम्रा कुरा मिडियामा नआओस् भन्ने चाहना म्याराडोनाको छ । तर, यसपटक म्याराडोना स्वयंले दोस्रो विवाहको प्रसंग निकालेपछि यसलाई आश्चर्यजनक रूपमा लिइएको छ । अर्जेन्टिनी मिडियाका अनुसार म्याराडोनाले पूर्वश्रीमती क्लाउडियो भिलाफानेलाई देखाउन पनि दोस्रो विवाह चर्चा गराएका हुन् । म्याराडोनाले सन् २००३ मा भिलाफानेसँग डिभोर्स लिएका थिए । म्याराडोना र भिलाफानेका दुई छोरा छन् । म्याराडोनाले अन्य तीन महिलासँग सम्बन्ध राख्दै तीन छोरी जन्माएका छन् ।

१२ वर्षसम्म एकल जीवन बिताउन गाह्रो भएपछि विवाह गर्न लागेको म्याराडोनाको भनाइ छ । ‘एक्लो जीवन धेरै भयो, अब मलाई साथीको आवश्यकता छ,’ म्याराडोनाले भने । म्याराडोनाकी प्रेमिका ओलिभाले यसै वर्षको अन्त्यसम्म विवाह हुने स्पष्ट पारिन् । ‘सम्भवत: वर्षको अन्त्यसम्म हामी एक हुन्छौँ,’ ओलिभाले भनिन्, ‘हामीले सोचेजस्तो भए विवाह डिसेम्बरसम्ममा हुनेछ ।’ पछिल्लो समय म्याराडोना र ओलिभा दुबईमा बस्दै आएका छन् । दुबईमा म्याराडोनालाई एक सम्मानित फुटबलरका रूपमा लिइन्छ । म्याराडोनाले पनि ओलिभालाई श्रीमतीका रूपमा भित्र्याउन सबै तयारी भइसकेको जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =