विश्वसुन्दरी ऐश्वर्या राय वच्चन कमब्याक गर्दै

aishwra-400x229वैवाहिक जिवनको सुरुवात भएपछि विश्वसुन्दरी ऐश्वर्या राय वच्चन पछिल्लो लामो समय यता कुनै फिल्ममा देखा परेकि थिइनन् । पारिवारिक जिवन सुरु भए सँगै बलियुड फिल्म क्षेत्रकी नम्बर वान हिरोइनका रुपमा परिचित ऐश्वर्या राय वच्चन फिल्मी क्षेत्रमा नआए पनि त्यो समय भने निकै उतार चढाव पुर्ण नै रह्यो । कहिले सासु आमाको घर झगडा त कहिले पुर्व प्रेमिसँगको सम्बन्धको खुलासा जस्ता विभिन्न गसिपले उनलाई कहिले छोडेन ।

विवाह पश्चात एक सन्तानकि आमा समेत भइसेकेकि उनि निर्देशक संजय गुप्ता द्वारा निर्देशित फिल्म ‘जज्बा’ मार्फत आउँदो अक्टुबर ९ तारिखका दिनबाट कमब्याक गर्दै छिन् । सफल र असफल धेरै फिल्म खेलि सकेकि ऐश्वर्यको यो फिल्म भने आगामि सिने क्षेत्रको भविष्य तय गर्ने एउटा परिक्षाका रुपमा समेत लिइएको छ ।

ऐश्वर्याले अबको तिन बर्षका लागि करिब आधा दर्जन बढी फिल्महरुका लागि साइन गरेर बुक गरि सकेकि छिन् । उनि कति सफल हुने वा नहुने भन्ने कुरा उनको कमब्याक पछिको पहिलो फिल्मले पनि तय गर्नेछ । विवाह पछिको उनको सारिरक सुन्दरता र कलामा कतिको फरक परेको छ भन्ने कुराको निक्र्योल पनि यो फिल्मले नै गर्ने सिने विश्लेषकहरु बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =