महानगरपालिकामा सौर्य प्रणाली जडान गरिदै

काठमाडौँ, १५ फागुन- काठमाडौंँ महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौँ सहरलाई उज्यालो बनाउनका लागि भन्दै महानगरले त्यस्तो कार्यविधि अघि बढाएको हो । विद्युतभार कटौतीको समयमा राजधानी सहर पूर्णतः अँध्यारो भएको भन्दै उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको महानगरका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले जानकारी दिनुभयो । “साँझ पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रम हुने भएकाले सौर्यबत्ती जडान गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “त्यसमा पनि राजधानी त सधैँ उज्यालो हुनुपर्छ भन्ने मान्यता छ ।”

यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था व्यक्तिगत प्रयोजनको लागि जडान गरिने सौर्य प्रणालीका लागि मात्रै उपलब्ध गराइने छ । त्यसैगरी कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागतरुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्ने छ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ ।

सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रु १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य प्रणाली जडान भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =