लामो समयसम्म सुत्नु आँखाको ज्योतिका लागि हानिकारक

लामो समयसम्म सुत्नु आँखाको ज्योतिका लागि हानिकारक भएको पछिल्लो अनुसन्धानले देखाएको छ ।
सुतेर निदाउँदा पनि आँखाको दृष्टिक्षमतामा असर पर्नसक्छ भन्ने कुरा आफैमा अनौठो लाग्नसक्छ । तर अनुसन्धानले भने धेरै सुत्नु आँखाको लागि खतरनाक भएको पुष्टि गरेको हो ।
बेलायती शोधकर्ताहरुका अनुसार आवश्यकता भन्दा बढि समयसम्म सुत्नाले आँखामा नकारात्मक असर पार्दछ र यसले सधैका लागि दृष्टिवीहिन पनि बनाइदिन सक्दछ ।
शोधकर्ताहरुका अनुसार दिनमा ८ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसको आँखामा समस्या पदा हुनसक्छ र यसले उनीहरुलाई सधैका लागि अन्धो बनाइदिन पनि सक्दछ ।
बढि सुत्नाले व्यक्तिको सपना देख्ने दरमा पनि बढोत्तरी हुन्छ । यसले आँखाको कार्यक्षमतामा प्रभाव पार्ने बताइउको छ । क्यालिफोर्नियाको एक संस्थामा यो अध्ययन गरिएको थियो जहाँ डाक्टरहरुले १ हजार ३ जना आँखाका विरामीहरुसँग कुराकानी गरेका थिए । यो शोध रेटिना जर्नलमा प्रकाशित छ ।
अझ सिरानीले आँखा छोपेर सुत्नाले आँखाको ज्योति गुम्ने खतरा झनै बढ्ने शोधकर्ताहरु बताउँछन् । यसरी आँखाको ज्योति गुम्ने समस्यालाई ग्लूकोमा भनिएको छ ।
विश्वमा हरेक वर्ष हजारौँ मानिसहरु ग्लूकोमाको समस्याबाट पीडित हुन्छन् र अहिलेसम्म यसको उपचार पद्धति पनि पत्ता लागिसकेको छैन । आँखामा धेरै दबाब पर्नाले आँखाको दृष्टि गुम्दछ जसलाई ग्लूकोमा भनिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =