बाढीका कारण पाकिस्तानमा ५३ जनाको मृत्यु

download (3)

चैत २२ – पाकिस्तानमा बाढीका कारण ५३ जनाको ज्यान गएको छ । शनिबारदेखिको लागातारको वर्षाका कारण आएको बाढीले गर्दा खैबरपख्तुख्वा, कशमिर र गिलगिट बालटिस्तान प्रान्तका केही भाग प्रभावित भएका छन् । प्रिमनसुनको क्रममा हुने वर्षाका कारण आउने बाढीले पाकिस्तानका ग्रामीण क्षेत्र बढी प्रभावित हुने गरेका छन् । मनसुनको बेला ती क्षेत्रको अवस्था झन भयावह हुन्छ । बाढीका कारण धेरै मानिस घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको राष्ट्रिय विपद व्यवस्थापन आयोगका अधिकारीले बताएका छन् । बाढीले घर बगाउँदा हजारौं मानिस विस्थापित भएका छन् । पानी पर्ने क्रम रोकिएपछि उद्दार तथा राहतको काम भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =