नेपाली महिलालाई अमेरिकामा एक लाख डलर पुरस्कार

luna-ranjitन्यू योर्कका नेपालीहरूबीच बिभिन्न सामाजिक कार्य गरी लोकप्रियता कमाएको संस्था ‘अधिकार’ कि संस्थापक सदस्य एवं कार्यकारी निर्देशक लुना रन्जितलाई न्यूयोर्क उक्त पुरस्कार दिइने भएको छ। लुनाले सन् २००५ मा ‘अधिकार’ को स्थापना गरेकी थिइन्। लुनालाई यो पुरस्कार सामाजिक न्यायका लागि प्रदान गरिएको हो । पुरस्कारको आधा राशी रन्जितलाई र आधा राशी उहाँको संस्थालाई प्रदान गरिनेछ ।

आईवा राज्यको ग्रिनेल शहरमा अवस्थित ‘सोसल साईन्स’ पढाई हुने ग्रिनेल कलेजद्वारा स्थापित यो अन्तर्राष्ट्रिय पुरस्कार सामाजिक न्याय एवं उत्तरदायित्वका लागि काम गर्नेलाई प्रदान गरिन्छ । यो पुरस्कार सन २०११ देखि हरेक वर्ष प्रदान गरिंदै आएको छ ।

लुनाले  सन २००० मा ग्रिनेल कलेजबाट ईकोनोमिक्स एण्ड ग्लोवल डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकि थिइन्। यो पुरस्कार आउने अक्टोबरमा प्रदान गर्ने तय भएको छ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =