माघ भित्र विभिन्न निर्वाचन हुन नसके मुलुक ठूलो दुर्घटनामा जाने खतरा-कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७४ माघ भित्र विभिन्न निर्वाचन हुन नसके मुलुक ठूलो दुर्घटनामा जाने खतरा रहेको बताएका छन् ।kamal_thapa

शनिबार पार्टी कार्यालय धुम्वाराहीमा राप्रपाका सह–महामन्त्री तथा संगठन विभाग प्रमुख हेमराज गुरूङ लगाएतलाई राप्रपा नेपाल प्रवेश गराउदै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागी नै नयाँ संविधान निर्माण भएको भन्दै अझैपनि मुलुकमा राजनीतिक स्थिरता हुन नसके नयाँ संविधानको औचित्य पुष्टि हुन नसक्ने र यसको सम्पूर्ण जिम्मा प्रमुख दलले लिनुपर्ने बताए ।

उनले वर्तमान सरकार र सत्तारुढ दलले नै स्थानिय निकायका बिषयमा अन्यौलता सिर्जना गरेको धारणा पनि राखे ।

कार्यक्रममा राप्रपा नेपाल र राप्रपा पार्टी एकता प्रक्रिया स्थगन गरेकोप्रति असन्तुष्टि जनाउँदै आएका राप्रपाका सह–महामन्त्री तथा संगठन विभाग प्रमुख गुरूङ लगायत केन्द्रिय सदस्य लालध्वज लामा र लमजुङ जिल्ला कार्यसमितिका केहि नेताहरु पनि राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =