नेपाल चिनाउँदै सिम्मी पुन

simmi_punकन्दरा ब्यान्डको चर्चित गीत ‘लेककी हे माया’ की मोडल सिम्मी पुन त्यसपछि कुनै म्युजिक भिडियोमा देखा परिनन् । उनी सामाजिक काममार्फत पहिचान बनाउन लागिन् । गोरखा लाहुरेकी छोरी सिम्मी हाल बेलायतमा सामाजिक कार्यकर्ताका रूपमा आफ्नो छवि बनाइरहेकी छिन् । कसैको दु:ख देख्न नसक्ने पुन ब्युटी थेरापिस्ट तथा अंग्रेजी भाषाकी शिक्षिका पनि हुन् । उनी अहिले गोरखाली आमाहरूलाई अंग्रेजी भाषा सिकाउँदैछिन् । उनी बेलायतमा नेपाली महिलाहरूसँग मिलेर स्किल एण्ड केयर पर्फमिङ आर्ट कक्षा चलाइरहेकी छिन् । उनले संस्थामार्फत गोरखाली आमाबुवाका लागि आराम घर निर्माण गरिदिएकी छन् । नृत्य, गायन, कला एवं संगीतजस्ता सीप सिकाइने उनको संस्थामार्फत नेपालमा भूकम्प पीडितहरूको लागि सहयोग पनि गरिएको थियो जसका लागि सिम्मीले आफंै कोरियोग्राफर भएर परम्परागत नेपाली फेसन शो सम्पन्न गरेकी थिइन् । बेलायतमा उनको संस्थाले कम्युनिटी हिरो अवार्ड प्राप्त गरेको छ । बेलायतमा बसेर नेपाली कला र संस्कृति चिनाउन अग्रसर सिम्मीको कार्य प्रशंसनीय छ । source:sari

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =