अमेरिकामा नेपालीहरुले यसरी मनाए यस बर्षको दशैं

usa-dasaiवाशिंगटन डीसी । अमेरिकामा रहेका समस्त नेपालीले हर्षोल्लासका साथ बिजया दशमी मनाएका छन् । बर्ष दिनमा आउने नेपालीहरुको सबै भन्दा ठुलो चाडलाई परदेशमा रहेका आफन्त ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा थापी मनाएका छन्  ।

बिहान ८ बजेर ४५ मिनेट को शुभ साइत देखि टिका थाप्न सुरु गरेका नेपाली समुदायहरु जान सक्ने मान्यजनका घरमा गइ आशिर्बाद लिएका छन्  ।

अमेरिकाका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपाल जस्तै मनोरंजन पुर्वक मनाएको समाचार छ  । यस बर्षको दशैं मंगलबार काम को दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्वलाई मनाउन कुनै कसर छोडेका छैनन्  ।

यसको अतिरिक्त नेपालीहरुले नेपाल जस्तै गरि पनि परिवार अनुसार घरमा पुरोहित नराख्न सकेता पनि नौ दिन सम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरि किस्तीमा जमरा समेत राख्न भ्याए l बिभिन्न राज्यहरुमा पायक पर्ने मन्दिरमा गएर जमरा समेत ल्याई टिका र जमरा लगाई दिएका छन्  ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै अभिभावक तथा मान्यजनका घर गै निधारमा टिका ग्रहण गरेका छन् l  ।

जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ l असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

अमेरिकामा दशैको दिनमा सेलरोटि ,मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार तथा नेपाल बाट ल्याईएका चिउरा आदि ईत्यादी समेत आफु ,परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

अधिकांश पुरुषले नेपाली पोशाक दौरा ,सुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका फरिया तथा पहेलो धातुका गहनामा पहेलपुर भएर सजिएका देखिन्थे l

यसको साथै अमेरिकामा जन्मिएका बालबालिकाहरु त्यतिकै खुशी देखिन्थे भने उनीहरुलाई टिका जमरा र सौगत स्वरुप पैसा दिदा दंग परेका देखिन्थे l

यसको साथी कैयौ राज्यहरुमा तास सम्म खेलेका तस्बिरहरु देखिन्थे भने जित र हारको भन्दा पनि पारिवारिक जमघटमा मनोरंजन गर्न खेलेको बताएका थिए l

अमेरिकामा पनि नेपाली समुदायले हजुरबा हजुरआमा, मातापिता ,पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिए l source:onlinekhabar

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =