म भन्दा प्रियंका उत्कृष्टः दीपिका पादुकोण

priyanka-and-deepika-padukoneबलिउडमा अहिले नायिका दीपिका पादुकोण र प्रियंका चोपडाविच युद्ध नै चलेको छ । को भन्दा को उत्कृष्ट भन्ने लडाइले बलिउडका मिडिया तातेका छन् । विशेषगरि, दुबै नायिका हलिउडतर्फ लागेपछि यो प्रतिस्पर्धा अझ चुलिएको हो ।

दीपिका र प्रियंकाविच हलिउड यात्रामा लागेपछि दुश्मनी बढेको चर्चा समेत नचलेको होइन । एक अवार्ड समारोहमा त दीपिकाले प्रियंकासँग स्टेज शेयर गर्न नमानेको चर्चा समेत चलेको थियो ।

यहीविचमा नायिका दीपिका पादुकोणले आफू भन्दा प्रियंका धेरै नै माथि रहेको र उनी बलियो भएको टिप्पणी गरेकी छिन् । दीपिकाले भनेकी छिन्-‘म भन्दा प्रियंका धेरै नै बलियो छिन् ।’

प्रियंकाको काम गर्ने शैलीको आफू फ्यान भएको दीपिकाले बताइन् । बलिउडमा नायिकाद्धय पादुकोण र चोपडाको तुलना खुबै हुने गर्दथ्यो । सायद, दीपिकाको यो जवाफसँग अब तुलनामा ब्रेक लाग्छ कि ?

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =