सूचना सुविधाबाट महिला वञ्चित

mobile_phone_telecomललितपुर । सूचना नभएकै कारण राज्यले उपलब्ध गराएको सुविधाबाट महिला वञ्चित भएको प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताउनु भएको छ ।

राष्ट्रिय सूचना आयोगले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख सूचना आयुक्त  बास्कोटाले सूचनाको हकका विषयमा जानकारी नहुँदा महिला राज्यले दिएको हकको उपयोग गर्नबाट वञ्चित भएको बताउनुभयो । सहरी क्षेत्रमा समेत महिलाले यस विषयमा बुझ्न नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा  सूचना आयुक्त यशोदा तिम्सिनाले सेवाग्राहीलाई मात्रै नभएर सेवाप्रदायकलाई समेत सूचना नभएको बताउनुभयो ।  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखलाई समेत निःशुल्क दिने औषधिका बारेमा जानकारी नभएको पाइएको उहाँले बताउनुभयो । पत्रकारले सूचनाको हकका विषयमा आमनागरिकलाई बुझाउनुपर्नेमा उहाँको जोड छ ।

सूचना आयुक्त किरण पोखरेलले महिला मात्रै नभएर मधेसी, जनजाति, दलित, उत्पीडितलगायतले राज्यले उपलब्ध गराएको सुविधाका विषयमा सूचना नपाएको अाैंल्याउनुभयो । लक्षित वर्गसम्म सूचना पुर्याउन पत्रकारको भूमिका महत्वपूर्ण भएको उहाँको भनाइ थियो । source:mahilakhabar

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =