Category: मुख्य समाचार

पतिशोकका बेला पनि बिना र सिर्जना चुनावी अभियानमा

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा डुबेको परिवार अहिले सामान्य अवस्थामा फर्किने प्रयासमा छ । पतिशोकमा रहेका प्रचण्डका दुई बुहारी अहिले चुनावी अभियानमा देखिन थालेका छन् । जेठी बुहारी सिर्जना त्रिपाठी कास्कीको चुनावी अभियानमा सक्रिय छन् भने बिना कञ्चनपुरमा । शनिबार वामगठबन्धनले एमाले अध्यक्ष केपी शर्मा...

सूचना सुविधाबाट महिला वञ्चित

ललितपुर । सूचना नभएकै कारण राज्यले उपलब्ध गराएको सुविधाबाट महिला वञ्चित भएको प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख सूचना आयुक्त  बास्कोटाले सूचनाको हकका विषयमा जानकारी नहुँदा महिला राज्यले दिएको हकको उपयोग गर्नबाट वञ्चित भएको बताउनुभयो । सहरी क्षेत्रमा समेत महिलाले यस विषयमा बुझ्न...

जीवराज आश्रति पत्नी मायालाई घर

२९ असोज, काठमाडौं । दासढुंगा दुर्घटना भएको २३ वर्षपछि जीवराज आश्रति पत्नी माया ज्ञवालीले नयाँ घर पाएकी छिन् । लामो समयदेखि माया चावहिलमा डेरामा बस्दै आएकी थिइन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रिको निधन भएको थियो । एमालेका तत्कालीन महासचिव […]

विनासकारी भूकम्पमा घाईते भएका महिलालाई जिवीकोपार्जनको समस्या

सिन्धुपाल्चोक। पिपलडाँडाकी झुमा भण्डारी हिँडडुल गर्न सक्दिनन्। ०७२ वैसाख १२ को विनासकारी भूकम्पले उनी घाईते भएकी हुन्। उनी अहिले अपाङ्ग छिन्। लामो समय उपचारमा विताएर थलिएर वसेकी झुमाको दैनिकी निकै कष्टकर वन्दै गएको छ। तोरी पेल्न मिलमा पुगेकी झुमालाई त्यही संरचनाले थिचेको हो। उनलाई थिचेको छ घण्टामा नेपाली सेनाले उद्दार गरेको उनलाई प्रष्ट जानकारी छ। […]

नेपाल दूरसञ्चार प्राधिकरणको अब आफ्नै स्याटेलाइट

२० असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने प्रक्रिया आरम्भ गरेको छ । प्राधिकरणले विहिबार दुईवटा ध्रुबीय स्लटका स्याटेलाइट राख्नेगरी ग्लोबल टेन्डर आह्वान गरेको हो । प्राधिकरणले लामोसमय देखि नेपालको आफ्नै गर्नको लागि अन्तर्राष्ट्रिय टेन्डर जारी गरेसँगै उक्त प्रक्रिया सुरु भएको हो ।स्याटेलाइट हुनुपर्ने आवाज उठ्दै आएपनि...

जारी प्रथा :नेपालमै यस्ता ठाउँ छन् समाजभित्रै किनबेच हुन्छन् महिला

दाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता ठाउँ छन् महिलाले श्रीमान सँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुट्टिनुपर्छ । त्यहाँ न त विवाह दर्ताको औपचारिक प्रकृया छ न त सम्बन्धविच्छेद । बरु, यस्तो सामाजिक […]

प्रतिबन्धित कुवेतमा नेपाली महिलाको संख्या बढेपछि सरकारले देखायो चासो

काठमाडौं—घरेलु कामदारको रुपमा अवैध रुपमा कुवेत पुग्ने र अलपत्र पर्ने महिलाको संख्या बढ्न थालेपछि सो विषयमा सरकारले चासो देखाएको छ। बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई यो विषयको समाधान खोज्न निर्देशन दिएका छन्। मुख्य सचिवले गृहसचिव लोकदर्शन रेग्मी, श्रम तथा रोजगार सचिव लक्ष्मण मैनाली,  महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव...

जाजरकोटमा बालविवाह : झन् बढ्दो

जाजरकोट । भेरीमालिकाकी लक्ष्मी केसी भर्खरै सुत्केरी भएकी छिन् । उमेर १५ वर्ष पनि पुगेको छैन । नौ कक्षामा पढ्दापढ्दै भागेर बिहे गरेकी उनले जसोतसो एलएलसीसम्म पास गरिन् । किताब बोकी क्याम्पसतिर जानुपर्ने उमेरमा उनको काखमा दूधे बालक छ । उनकै उमेरका श्रीमानलाई पनि साथीहरूले ‘बच्चाको बाउ’ भन्दै जिस्क्याउन थालेपछि पढ्न जान छोडे । ‘सुरुमा […]

१४ वर्षीया बालिका बलात्कृत

नेपालगन्ज–५ मा डेरा गरी बस्ने एक बालिका बलात्कृत भएकी छन्। जाजरकोट, भेरी मालिका नगरपालिका वडा नम्वर ८ घर भई हाल नेपालगन्ज–५ मै डेरा गरेर बस्दै आएका ३० वर्र्षीय शिव शाहीले १४ वर्षीया बालिकालाई आइतबार राती बलात्कार गरेका हुन्। परिवार सहित डेरा गरेर बस्दै आएका शाहीले सोही घरमा डेरा गरी बस्ने बालिकालाई कोही नभएको मौका छोपेर […]

पूर्ब बडामहारानी बस्ने महेन्द्र मञ्जिलको लाइन काटियो

५ भदौ, काठमाडौं । उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्रअन्तरगत धेरै बक्यौता भएका ग्राहकहरुको लाइन काटेको छ । यस क्रममा पूर्व मुमा बडामारानी रत्न शाह बस्ने नारायणहिटी दरबारको महेन्द्र मञ्जिलको लाइन काटिएको छ ।...