Category: समाचार

माघ भित्र विभिन्न निर्वाचन हुन नसके मुलुक ठूलो दुर्घटनामा जाने खतरा-कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७४ माघ भित्र विभिन्न निर्वाचन हुन नसके मुलुक ठूलो दुर्घटनामा जाने खतरा रहेको बताएका छन् । शनिबार पार्टी कार्यालय धुम्वाराहीमा राप्रपाका सह–महामन्त्री तथा संगठन विभाग प्रमुख हेमराज गुरूङ लगाएतलाई राप्रपा नेपाल प्रवेश गराउदै अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागी नै नयाँ संविधान निर्माण भएको भन्दै...

नेपाली महिलालाई अमेरिकामा एक लाख डलर पुरस्कार

न्यू योर्कका नेपालीहरूबीच बिभिन्न सामाजिक कार्य गरी लोकप्रियता कमाएको संस्था ‘अधिकार’ कि संस्थापक सदस्य एवं कार्यकारी निर्देशक लुना रन्जितलाई न्यूयोर्क उक्त पुरस्कार दिइने भएको छ। लुनाले सन् २००५ मा ‘अधिकार’ को स्थापना गरेकी थिइन्। लुनालाई यो पुरस्कार सामाजिक न्यायका लागि प्रदान गरिएको हो । पुरस्कारको आधा राशी रन्जितलाई र आधा राशी उहाँको संस्थालाई प्रदान गरिनेछ […]

३६ प्रतिशत कर्जाले बनायो कंगाल

सरपल्लो–८ महोत्तरीका तुफानी अन्सारीले सात वर्षअघि छिमेकी सोनेलाल महतोसँग घरखर्च चलाउन १० हजार रुपैयाँ ऋण लिएका थिए। वार्षिक ३६ प्रतिशत ब्याज दिने सर्त थियो। सोनेलालले गएको वर्षसम्म ३ लाख २० हजार रुपैयाँ पुगेको भनेर अर्को तमसुक गराएका छन्। तुफानी एक लाख रुपैयाँसम्म तिर्न तयार भए तर साहूले मानेनन्। निराश भएका ६६ वर्षीय तुफानी सोनेलालले कुनै […]

कांग्रेसलाई सरकारमा ल्याउने पहल जारी: महासचिव पोखरेल

मोरङ, १२ चैत: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कांग्रेसलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनका लागि कांग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्ने उल्लेख गरेका छन् । उनले संविधान कार्यान्यवनका लागि प्रमुख दलहरूबीच सहमति आवश्यक रहेको बताउँदै यसका लागि कांग्रेस...

महानगरपालिकामा सौर्य प्रणाली जडान गरिदै

काठमाडौँ, १५ फागुन- काठमाडौंँ महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ । काठमाडौँ सहरलाई उज्यालो बनाउनका लागि भन्दै महानगरले त्यस्तो कार्यविधि अघि बढाएको हो । विद्युतभार कटौतीको समयमा राजधानी सहर पूर्णतः अँध्यारो भएको भन्दै उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको महानगरका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा....

पेरिस आक्रमणको योजनाकार खोज्ने क्रममा दुईको मृत्यु

उत्तरी पेरिसको एउटा अपार्टमेन्ट क्षे्त्रमा पेरिस आक्रमणका योजनाकारमध्येका केही मानिस बसेको भनिएको इलाकामा प्रहरीले खानतलासी जारी राखेको छ । खानतलासी लिने क्रममा प्रहरीद्वारा गरिएको कारबाहीमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीले पेरिसको विभिन्न ठाउँबाट आक्रमणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । शुक्रबारको आतङ्ककारी आक्रमणमा १२९ जनाको मृत्यु भएपछि...

राष्ट्रिय योजना आयोगका गोबिन्द उपाध्यक्षद्वारा राजिनामा

काठमाडौँ, कार्तिक ८। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् । उनी कांग्रेस कोटाबाट नियुक्त भएका थिए । कांग्रेस कोटाबाट उपाध्यक्षमा पोखरेल, सदस्यहरू स्वर्णिम वाग्ले, भारततेन्दु मिश्र र यज्ञबहादुर कार्की नियुक्त भएका थिए । उनीहरुले पनि आजै राजीनामा दिएका छन् ।

ओली सरकारले पनि चीनबाट पेट्रोलियम पदार्थ ल्याउने हिम्मत गरेन

काठमाडौं,असोज ३० |नेपालमा संविधानसभाबाट जारी संविधानमा आफ्ना सुझाव नसमेटिएको झोंकमा भारतले नेपालमा नाकाबन्दी गरेपछि उत्पन्न इन्धन समस्या समाधान गर्न चीन तयार रहेको देखिएको छ । चिनीया पक्षले यसअघि पनि नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको बताए पनि चीनबाट तेल ल्याउन तत्परता देखाइएको छैन । बहिबार चिनीया विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा...

एमाओवादीले टोप बहादुर रायमझीको नेतृत्वमा सरकारमा सहभागि हुने

काठमाडौं, असोज ३० । एमाओवादीले पार्टी सचिव टोप बहादुर रायमझीको नेतृत्वमा सरकारमा सहभागि हुने कुरा टुंगो लगाएको छ । आज बसेको स्थाइ समितिको बैठकले टोप बहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागि हुने कुरा टुंगो लगाएको हो । रायमाझीले उपप्रधानमन्त्री सहित पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वताइएको छ । केही दिन अघिसम्म सरकारको नेतृत्व महराले गर्ने तयारी भएको […]

पाँचथरकी सविता लामिछाने ‘मिसेस नेपाल इन्टरनेशनल–२०१५’ घोषित

काठमाडौं ।  राजधानीमा आयोजित बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा आफ्ना १७ स्पर्धीलाई पछाडि पार्दै लामिछानेले उपाधि जितेकी हुन् । उनले वेष्ट पर्सनालिटी र वेष्ट स्पीचको उप उपाधिसमेत जितेकी छन् । लामिछाने सातमुहाने देउराली बचत ऋण सहकारी संस्थाकी मेनेजर पदमा कार्यरत छिन् । रिवन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा सातदोबाटोकै रीती बराल फष्ट रनर्सअपका साथ...