Category: साहित्यसरोबर

मुना–मदन गीतिनाटक मञ्चन

काठमाडौँ, २२ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो । सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिनेटको  सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ ।...

अमर शाहको ‘कुरुक्षेत्र’ सार्वजनिक

कथाकार अमर शाहको कथा सङग्रह ‘कुरुक्षेत्र’ सार्वजनिक भएको छ । विसं २०३० र ४० को दशकमै साहित्यिक क्षेत्रमा नाम कमाएका शाहको २०४५ मा पहिलो कृति ‘आदियुग’ नाम कथा सङ्ग्रह प्रकाशित भएको थियो । मध्यपश्चिम साहित्य परिषद्ले आयोजना गरेको ‘सर्जक र समीक्षकको दृष्टिमा कुरुक्षेत्र’ कार्यक्रममा बोल्दै सर्जक तथा साहित्यकारले कथाकार शाहले साहित्यमार्फत नेपाली समाजका विसङ्गती एवक् […]

ओमवीर बस्न्यात पुरस्कार राष्ट्रकवि घिमिरेलाई

बाबा ओमवीरसिंह बस्न्यात प्रतिष्ठानले यस वर्षको ‘ओमवीरसिंह बस्न्यात पुरस्कार’ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ । बस्न्यातको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले १० हजार राशिको ओमवीरसिंह बस्न्यात प्रतिभा पुरस्कार बाल साहित्यकार गङ्गा पौडेललाई प्रदान गरिने निर्णय गरेको छ । दुबै पुरस्कार मङ्सिर २७...