उर्जा राज्य मन्त्री चन्द्रसिहँ भट्टराईलाई एकिकृत नेकपा माओबादीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् । विद्युत प्राधिकरण र कार्यकर्ता भेटघाटका लागि आज दिउँसो अचानक वेनी आईपुग्नुभएका राज्यमन्त्री भट्टराईलाई एकिकृत नेकपा माओबादीका कार्यकर्ताले लोकतान्त्रिक चोकमा कालोझण्डा देखाउँदै वर्तमान सरकार विघटनको माग गरेका थिए ।
बाग्लुङ हुदै अचानक वेनी आईपुग्नुभएका राज्य मन्त्री भट्टराई नेपाल विद्युत प्राधिकरण म्याग्दी शाखामा करिव आधा घण्टा जति छलफल गर्नुभएको थियो । कडा सुरक्षा घेरा वीच राज्यमन्त्री नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्नुभएको छ ।
एकिकृत नेकपा माओबादीका कार्यकर्ताले शान्ति पूर्ण तरिकाले विरोध जनाएका कारण मुडभेठको स्थिति सिर्जना हुन भने पाएन। देशव्यापी आन्दोलन गरिरहेको माओबादीको विरोधका कारण अचानक राज्यमन्त्री वेनी आउनुभएको वुझिएको छ । प्राधिकरणका कर्मचारीहरुसंगको छलफलमा राज्यमन्त्री भट्टराईले बढ्दो लोडसेडिङको मार खेपिरहेको जनतलाई राहतका विषयमा कुराकानी भएको सा्रेत बताएको छ ।
यसैवीच काँग्रेस कार्यकर्तासंगको भेटघाटमा राज्यमन्त्री भट्टराईले आउँदो पार्टीको राष्ट्रिय महाधिवेशनका वारेमा जानकारी गराउनुभएको छ ।