Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
यस्ता पनि छन नेपालका सभासद
नारी सञ्जाल
 

 

आफूविरुद्ध उजुरी दिएको झोकमा सभासद् बदशाह कुर्मीले असहाय विधवा निर्मला कुर्मीलाई मंगलबार सार्वजनिक स्थानमै लछारपछार र कुटपिट गरेका छन् । स्थानीय मानवअधिकारकर्मीहरू पनि सो दृश्यका प्रत्यक्षदर्शी थिए, जसले टुलुटुलु हेर्नबाहेक केही गर्न सकेनन् ।

मंगलबार नेपालगन्ज आएका सभासद् कुर्मी न्याय पाउने आसमा जिल्ला प्रशासन कार्यालय धाइरहेकी निर्मलालाई खोज्न चार-पाँचजनाको समूह नै लिएर हिँडेका थिए । साँझ ४ बजे भृकुटीनगरको प्रभात बोर्डिङ स्कुलनजिकै उनलाई देखेपछि कुर्मीले सिकार भेटेझैँ झम्टे । उनले निर्मलामाथि जाइलाग्दै कुटपिट मात्र गरेनन्, अपहरण शैलीमा घिच्याएर आफ्नै घर पुर्‍याए । प्रहरी गएर निर्मलाको उद्धार त गर्‍यो, तर सभासद्लाई छुने आँट गरेन ।

निर्मलाको घर, लालपुर्जा र नागरिकता तीन महिनादेखि सभासद् कुर्मीले कब्जामा लिँदै आएका छन् । सो समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय, नेपालगन्जले जानकारीका लागि उनलाई मंगलबार बोलाएको थियो । आयोगका अधिकृत मोहन जोसीले सभासद् कुर्मीलाई बयानका लागि बोलाइएको पुष्टि गरे ।

तर, कुर्मीले घटनाबारे आयोगलाई जानकारी दिनुको साटो निर्मलामाथि सार्वजनिक स्थलमै रिस पोखेका हुन् । निर्मलासँगै रहेका स्थानीयवासी रामजनअली मुकेरीले घटनाबारे अधिकारवादीलाई सूचना दिएका थिए । लगत्तै नेपालगन्जका केही अधिकारवादी घटनास्थल पुगेका थिए ।

प्रत्यक्षदर्शी मुकेरीले सभासद्को नेतृत्वमा आएको चार, पाँचजनाको समूहले निर्मलालाई लछारपछार र कुटपिट गरेको बताए । भृकुटीनगरबाट खेतमा घिसार्दै लगे,’ उनले भने ।

अधिकारवादीको दबाबपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीर शाहीलाई सभासद् कुर्मीका घरमा पठाएका थिए । अधिकारवादीहरू सभासद्को घर परसपुर पुगिसकेपछि मात्र प्रहरी पुगेको थियो । बेलुकी करिब साढे ६ बजे निर्मलालाई उद्धार गरी नेपालगन्ज ल्याइएको जानकारी बैदवारले दिएका छन् ।

प्रहरीले यस घटनालाई सामान्य भनेको छ । सभासद् र निर्मलाबीच पारिवारिक विवाद भएको भन्दै यसलाई मुद्दा नबनाउन प्रहरीले सञ्चारकर्मीलाई आग्रह गरेको थियो ।

सभासद्ले निर्मलालाई लछारपछार गरेको प्रत्यक्ष देख्ने राष्ट्रिय महिला अधिकार मञ्चकी महासचिव रुबी खान र मुस्लिम समाज विकास चेतना केन्द्रका मोहम्मद शेर बागवानले प्रहरीले सभासद् कुर्मीलाई बचाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । शेर बागवानले एक महिनाअघि निर्मलाले आफ्नो कार्यालयमा उजुरी दिएको बताउँदै प्रहरी र प्रशासनले न्यायका लागि कुनै पहल नगरेको आरोप लगाए । ‘सभासद्लाई प्रहरीले बचाउने प्रयास गरिरहेको छ, उनले भने ।

निर्मलाको लालपुर्जा र नागरिकता खोसेर लिएका सभासद्ले उनको घरसमेत मान्छे लगाएर नियन्त्रणमा लिएका थिए । निर्मलाले त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय, बाँकेमा उजुरी दिएकी थिइन् । आफ्ना श्रीमान् र दुई छोराको मृत्युपछि सभासद्ले दुःख दिन थालेको निर्मलाले बताएकी छिन् । श्रीमान् र छोराहरूका नाममा रहेको पाँच बिघा जग्गा सभासद् कुर्मीले हात पार्न खाजेको उनको आरोप छ । निर्मलाको घरमा सभासद्ले राखेका मानिसले उनलाई घरबाटै निकालेका थिए ।

यही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, बाँकेले स्थानीय सन्तोष कुर्मी, अमरलाल कुर्मी र भारतीय नागरिक मुनिम कुर्मीलाई प्रशासनमा झिकाएको थियो ।

घटनापछि सभासद् कुर्मी सम्पर्कमा आउन चाहिरहेका छैनन् । यसअघि उनलेे असहाय भएकी निर्मलाको सम्पत्ति संरक्षण गरिदिन आफूले लालपुर्जा लिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
टोकियोमा तीजको रम्झम भब्यताका साथ सम्पन्न
तीजको लरिलै, आयो बरिलै
जापानमा म्याग्देलीहरु संगठित
टोकियोमा १४ औं रोधी साँझ सम्पन्न
दुई दिने नेपाल महत्सब सम्पन्न
क्षमाप्राथी छौ !!
नारी सञ्जालको हार्दिक अनुरोध ।
बेलायतमा एक नेपालीको मृत्यु
दुवईमा पनि उघौली पर्ब मनाईयो ।
दुई मुरीको हाराहारीमा बल्ल टानाकुटी झ्याई
जुम्ल्याहाहरुको जुरेको संजोक
गरिवीका कारण दलित महिलाद्वारा आत्महत्या
आशामाया तामाङलाई बोक्सीको आरोप मात्रै हैन ह्त्या समेत गरियो
जापानमा पहिलो चोटी नेपाली दोहोरी घन्किने भएको छ
यसपालीको गोल्डेन-उइकमा टोकियो दोहोरीमय हुने
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।