Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
पोहोर मर्‍यो सासु, बल्ल अहिले आयो आँसु
नारी सञ्जाल
 

हैन ! आज सम्म नेपालमा स्वच्छ छवी भएका जन्मेको छैनन् क्या हो त्यस्तो रवी ? नेपाली जनताले रोई, धोई र कर्राई बल्ल तल्ल एतिहासिक उपराष्ट्रपति के अंगाले थिए रुप हेर्दा काँक्रो र मगमग बास्ना पनि काँक्रो कै तर खादा त मेरी बास्सै ........ ऐरेलु भन्दा पनि तितो ! त्यो तितो मेटिन एक बर्षनै लाग्यो ।

चरेशनान्द झा नामले बहुचर्चित उपराष्ट्रपतिको घैटाँ बल्ल झललललल घाम लागेछ । नाखाँ टिमुर लाएर फेरी नेपाली भाषा र मातृभाषामा शपथ खाएछन । हुन पनि न आमा तिरको, न बाउ तिरको र न त गोरु बेचेको नाता र र्साईनो च्याँखे परेर अरुको आशिरबादले पाएको पद मौकामा चौका हानेर जात जनाई हालेका थिए । नेपाली जनता चर्को बिरोधमा कुर्ले, उर्ले, पुट्ला जले र भुट्ला उडाए अनि बल्ल हर मुनि पानी पस्न थालेछ । नत्र जे गरें थिकै गरें भन्ने वाला थिए । यस्ता छन नेपालका अगुवा हैनन् बाटै घाटै हगुवाहरु, नैतिकतानै नभएको पानी मरुवाहरु

खास उतिखेरै नैतिकताको आधारमा राजीनामा दिएको भए अति उत्तम हुने थियो । नेपालको अदालतले पनि छिन भरमै हुने फैसला एनकेन प्राकेन यतिका समय सम्म मज्जाले घाम ताप्यो, सितल थाप्यो अनि आखिर नराम्रोसंग हैसियत पनि नाप्यो । परमनान्द झाले खानु त खाएछन नेपाली र मातृभाषामा शपथ तर शंका गर्ने घारी परेको छ । नेपालको इतिहासमा उपराष्ट्रपति जस्तो गरिमय पदमा रहेर हाड नभएको जिब्रो जता पायो उतै लरबराउने मान्छेको बिस्वास गर्ने आधारनै के ??

यस्ता गम्भिर गल्तिहरु पुन: नदोहोरियोस भन्नका लागि परमनान्द झा संजायको पहिलो भागीदार भईदिएको भए बरु सबैको चित्तमा पहारीलो घाम लाग्ने थियो की ??? तर नेपालको फितलो कानुनले सकेन । सकोस पनि कसरी ? कस्ता कस्ता फैसलाहरु थकानिएका छन । यो पटक पनि सारा जनता नकुर्लेको भए दुधको दुध, पानीको पानी फैसला हुने आशा कम थियो । त्यसैले धन्य हो नेपालको कानुन

जे होस आंशिक रुपमा ढिलै भए पनि आमजनताका सहि बिरोधावाज सार्थक पुर्ण भएको छ । अब पनि आशा गरौं एक पछि अर्को गर्दै जनताको माग पुरा हुँदै जावस, सिंगो राष्ट्रमा दृघकालिन शान्ति छावस । अन्तमा एतिहासिक संबिधान लेख्ने जस्तो गहन बिषयमा सबैको ध्यान जावस, जुन संबिधानद्धारा नेपालले नयाँ काँजुली फ़ेर्न पावस !!!

छक्कु उदासी

 

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
नारी सञ्जाल एक बर्ष ! ! !
पहिलो नयाँ बर्ष मनाउँदै छे
महिला सुरक्षा (संक्षिप्त परिचय )
वास्तबमै नारी र पुरुष एक शिक्काका दुई पाटा हुन्।
पोहोर मर्‍यो सासु, बल्ल अहिले आयो आँसु
अब पनि दमन र शोषण नारीले नारीलाई गरिनु हुदैन
अन्धो समाजका उज्याला ज्वलन्त उधाहरणहरु
सबै खुसी हुनुनै सुखी परिवार हो
आफ़्नै कुरा
ने पत्रपत्रिकाको मात्र संपरीक्षण मूल्यांकन
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।