टोकियो स्थित एक नेपाली हलालफुडमा बेच्न राखिएको नेपाली वाई वाई र यम यम च्याउ च्याउको नेपालमा गरिने खरिद मुल्य र जापानको खरिद मुल्यलाई तुलनात्मक हिसाबले गुन्द्रुकेको ध्यान एकाग्र भईरहेको थियो । त्यतिनै बेला "कहि नभएको जात्रा हाँडीगाऊमा" भनेर उखान गर्ने एक जना चिरपरिचित नेपालीको अनुहारमा पुलुक्क हेर्न पुगें ।
ति नेपालीले गफ अरुनैसंग गरेका थिए । तर म पनि उनको गफमा सामेल भएं । उनको धाराप्रवाह गफ म लगाएत अरु ४,५ जना नेपालीहरु पनि वाल्ल परेर सुनिरहेको थियौं । खै, अरुले ति गफ एक कानले सुनेर अर्को कानले उडाए की, मन भित्र उनेर राखे त्यो मलाई थाहा भएन । तर ति नेपालीको कुरा सुनेर यो गुन्द्रुकेको दिमाग नराम्रोसंग खल्बलिएको छ ।
ति नेपालीको भनाई अनुसार जापानको नेपाली दुताबासमा हुने सबै कार्यक्रमहरुमा सरिक भएको पनि रहेछन । के, के निहु र बहाना बनाएर सरकारबाट चर्को बजेत निकासा गर्ने अनि जापानबासी नेपालीहरुको र नेपाल सरकारको आँखामा छारो हाल्न तात्तो नछोरो कार्यक्रमको आयोजना गरे जस्तो गर्ने, त्यो पनि सिमीत ब्यक्तिहरुलाई फोन मार्फ बोलाएर । अनि बचेको बजेत आफुले हसुलेका छन । तलब र भट्टा बाहेक नेपाल सरकारलाई चुस्न पल्केका गरिव मुलुकका धनी नेपाली कर्मचारीहरु मध्य दुताबासका हुन भनेर भन्दा यो गुन्द्रुकेको दिमागले भ्याउ पाएन, मतलब पत्यारै लागेन ।
जति ति नेपालीको कुरा सुन्दै जान्छु, सबै हो की जस्तो लाग्छ । उनको गुनासो यो पनि थियो । गत महिनाको कुरो हो खास गरि सेर्पा, गुरुङ, तामाङ आदी सिमित जातिहरुले मात्रै मनाईने महान पर्ब ल्वहसार पहिलो चोटी जापानको नेपाली दुताबासमा मनाईएको रहेछ । बाँकी पछि ............