Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
जस्ले जति सुकै भाषण गरोस चाहे शाषणनै गरोस नेपाल शभ्य समाजको परिकल्पना हुनै सक्दैन । मुलुकमा न बिकास आउँछ न शान्तिनै छाउँछ, त्यसैले सम्बन्धित सबैको अबिलम्ब ध्यान जावस ..........

 
मैले तीन किसिमका विद्यार्थी पाएकी छु । अत्यधिक धनीमानीका छोराछोरी जसलाई अध्ययनबारे खासै चासो छैन । उनीहरुको लक्ष्य भनेको विदेश जाने हो । कसै कसैको बुद्धि फर्कियो भने उनीहरु नेपाल फर्किन्छन् । मध्यवर्गीय विद्यार्थीलाई यहाँ केही गर्नुपर्छ भन्ने लागेको छ । उनीहरु मेहेनती पनि छन् । अर्को वर्ग भनेको न्यून आयआर्जन भएकाहरु हुन् उनीहरु अरुको सहारामा जीविका चलाउन चाहन्छन् ।

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
मेरो संसार
नेपाल अरब डट कम
नेपाल मदर डट कम
साहित्यिक तथा अन्य लिंकहरु
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
मोहन महर्जनले जापानमा फेरी बिजयको राष्ट्रिय झन्डा फहराए
गत बर्ष झै यो बर्ष पनि किक बोक्सिंग टुर्नामेन्टमा उनका प्रतिद्वन्दी नाकाता हिदेओलाई परास्त गर्दै विजय हाशिल गरेका छन | मोहन महर्जन "ड्रागन"ले आफु मात्रै बिजय भएका छैनन् सिंगो नेपालको नाम समेत उचो पारेका छन,यसरीनै संधै बिजयताको कामना गर्दै हार्दिक बधाई ! ! !
नेपाल प्रहरीको शिरमा उभिएको त्यो गरिमाय टोपीहरु दिन प्रति दिन किन यसरी चुक्दै छन, झुक्दै छन ? यस्तो राक्षेसी बिवेक भएको मान्छे पनि त्यो राष्ट्रकै गरिमाय पद सम्म कसरी पुगे होला ? कस्तो हाँस्यास्पद कुरा !
---------------------------------------------------------------------------------------------------
हाम्रो समाज कति निर्दयी छ | मानव भित्र मानबिय गुम्दै गएको छ | जति सोच्यो उति कहाली लाग्दो बन्दै गइरहेको छ | यो चेतनाको अभाब भनु या लैङ्गिक असमानता ?? समयले जति फड्को मारे पनि समस्या ज्युको त्यु ! एक पछि अर्को नेपाली नारीको जीवन खुकुरीको धारमा छ | छोरी चेलीहरु कोपिला भएर फक्रिन पनि पाएको हुदैन कोहि बन्द कोठीमा बेचिन पुगेको छन भने कोहि फेरी बिवाह बन्धनको नाममा दाइजोको सिकार बन्दै छन | त्यति मात्रै होर ? अलि सुन्दरी भए रन्डी ब्यस्याको आँच आउने, बुढेसकाल लागे पछि फेरी बोक्सीको आरोप खेप्नु पर्ने उफ ! अस्ति भखर बोक्सीको आरोपमा एउटी आमाले ज्यान गुमाएको समाचार सेलाउन नपाउदै फेरी यस्तो समाचार सुन्नु परेको छ |
---------------------------------------------------------------------------------------------------
अन्तर्वार्ता
गोर्खा घर भई हालसालै छोरा बुहारीको निमन्त्रणामा जापान भ्रमणको सिलसिलामा नेपालबाट पाल्नु भएका हाम्रै सहकर्मी भुपालमान श्रेष्ठ ज्युको पिता श्री भुवनप्रशाद श्रेष्ट ज्युको हेराई र बुझाईमा जापान स्वर्ग लाग्योरे | भ्रमणकै क्रममा जापान बसाइ ३ हप्ताको थियो | यति छोटो अवधिमा पनि एक सचेत र चिन्तनशिल मान्छेको बुझ्ने बुझाइ र हेर्ने हेराई धेरै फरक हुने रहेछ | हामी जस्ता डुम्बा(मुर्ख) जति बर्ष जापान बसे पनि आँखा देख्छु पढ्न जान्दिन, मुख बोल्छु बोल्नु जान्दिन र कान सुन्छु बुझ्दिन | भने जस्तै उपलब्धि बिहिन जीवन जिउनेहरुको लागि स्वर्गकै दैलो टेके कुनै पनि अर्थ नहुने रहेछ जस्तो लाग्यो |

हाँस्यब्यङ्ग्य
ब्यथा फेरी उहि बोके कान्छाको हो । त्यो नेपालमा बस्नेले यो बिदेशाँ त पैसो आकाशबाट बर्सिन्छ, भुइबाट उम्रिन्छ भनी थान्ने रहेछन क्यारे ! जाबो एक जनाको यो बिदेशको कमाईमा ५,६ जना वा त्यो भन्दा धेरैले आशा गरेका हुन्छन । त्यहि माथी छिमेकी र नातेदारको समेत चित्त बुझाउँनु पर्ने कत्रो फसाद ! बोके कान्छालाई "नदिनु इष्ट बाँङगो, दिनु आफु नाँङगो" भन्या जस्तै भएको छ

 
 
समसामयिक विचार
यहाँ भन्न खोजिएको खाटी कुरा के भने- जो सुकैले जे सुकै भने पनि राष्ट्रको मेरुदण्ड र मुख्य उर्जा शक्ती भनेको नै युवा शक्ती हो | तर हाम्रो नेपालमा युवा शक्तीको सहि सदुपयोग हुन सकेको छैन | त्यस्तै स्वयं युवाहरु पनि आफ्नो मुलुक प्रति कर्तव्यनिष्ठता हुन नसकिरहेको अवस्था भने पक्कै हो | त्यो भएको कौनाको जिजुबाजेको छालाले त सुख पाएन-पाएन ! आमा र श्रीमतीको नाक, कान र घाटीनै बुचो पारेर विदेश तिरै सुइकुच्चा ठोक्न पाए आफुलाई अत्यन्तै गर्बवान्दी र भाग्यमानी ठान्ने युवाहरुको मति पनि बौलाएका छन र त्यही मौका छोपी मेनपावरहरु रातारात मौलाउएका छन | यस्तो क्रमले मुलुकमा अझै नयाँ आएम आउने आशा नगर्दै हुन्छ | अझ भयावहस्थिति नआउला भन्न सकिन्न | तसर्थ सबै भन्दा पहिले दरीलो मापदण्ड बन्नु जरुरी छ जस्ले स्वदेशको युवाशक्ती स्वदेशमै सिंचित हुन सकोस | "अब हामीले विदेश हैन, स्वदेशमै केहि गर्नु पर्छ" भन्ने नारा मात्रै एक जनाले भए पनि अनुशरण गरिदिए देखि यो लेखको सार्थक हुने थियो की ? त्यस्तै लेखिकाको नाक पनि घिरौलो जत्रो हुने थियो !

 
साहित्यकला
यो उत्ताउलो बैश तर्फ लम्केको डिसेम्बरको जाडो ! अन्न र पानीको ज्यानले थेग्न धौ-धौ भइरहेको बेलामा दिन भरी कठोर दैनिकीसँग पैठेजोरी खेलेर मानसिक र शारीरिक थकाइ, भोक, निन्द्रा एकै चोटी जुरेको थियो | त्यही सिथिल अबस्थामा कप्प खाएर घप्प सुतेको क्षण भरमै फेरी आज २०११.१२.१२ सोमबार बिहान ८ बजेको आलाराम बज्यो | बेलुकी जुन आशनमा सुतेको त्यही आशनमा मस्त निद्राबाट ब्युझिन बाध्य भएँ | ज्यान भारी भइरहेको थियो | आँखामा एक मुठी बालुवा हाले जस्तो भएको थियो | ओछ्यान छोडेर उठ्नु मनै लागेको थिएन | जाडोले एकै डल्लो पारेर सिरक गुटीमुटी पारेर आखाँ झिमिक्क मात्रै के गरेको थिएँ ….

Untitled Document
पेशाले उनी व्यापारी हुन्, श्रीमानको भन्दा दोब्बर आम्दानी छ उनको । उनकै भरमा परिवारका साना-साना आवश्यकतादेखि घरजग्गासम्मको सपना साकार भएको छ। माया श्रेष्ठको (नाम परिवर्तित) माइती काठमाडौं उपत्यका र पारिवारिक वातावरण व्यापारिक भएकै कारण सानैदेखि व्यापार व्यवसायमा लगाव थियो उनको । कक्षा १२ मा पढ्दा पढ्दै गर्दा संगै एउटै कक्षामा पढ्ने भुवन श्रेष्ठसँग प्रेम बसेपछि विछोडिनुको पिडाको डरले विवाह गरि उनीहरुले नयाँ दाम्पत्य जीवनको शुरुवात गरे ।

 
Untitled Document
रूचेका कुरा सबै अमृत पनि हैनन् र नरुचेका कुरा सबै बिष पनि हैनन् मात्रै ग्रहण गर्ने ब्यक्तिको बुझाई र बिचारमा भर पर्छ |
© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।