अखिलले गर्‍यो निर्वाचित केन्द्रीय कमिटीका सदस्यको सम्मान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाराले शनिबार चितवनमा भर्खरै सम्पन्न भएको नेकपा एमालेको १० औं महाधिवेशनमा जिल्लाबाट निर्वाचित भएका केन्द्रीय कमिटीका सदस्यहरुको सम्मान गरेको छ । निजगढमा आयोजना गरिएको एक कार्यक्रममा जिल्लाबाट एमालेको केन्द्रीय सदस्य पदमा निर्वाचित पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलवीर चौधरी र ज्वाला साहको सम्मान गरेको हो ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष भैयाराम शाहनीको अध्यक्षतामा भएको सो कार्यक्रममा अखिल केन्द्रीय कमिटी सचिवालय सदस्य त्रिलोक ठकुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका पौडेलले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित गर्न पार्टी कार्यकर्ताहरुले गरेको सहयोगको लागि आभार व्यक्त गरे ।
त्यसैगरी उनले पार्टी संघठन विस्तारको लागि आफुले इमान्दारिताका साथ काम गर्ने बताए । अनेरास्ववियु बारा जिल्ला कमिटी सचिव श्यामकृष्ण घिमिरेले कार्यक्रमको संचालन गरेका थिए ।
 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->