मोर्डनकन्या मल्टिपल कलेजले स्नातक तह उतिर्ण गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरि विदाई गरेको छ । साथै नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई स्वागत गरी कार्यक्रम भव्यताका साथ सम्पनन गरेको हो ।
पुरानो बानेश्वर स्थित भिमसेन गोलामा रहेको कलेजले बि.बि.एस र मानविकी शास्त्रमा स्नातकतह पास गरेका विद्यार्थी हरुलाई शुक्रबार एक कार्यक्रम गरी बिदाई गरेको हो । साथै गत वर्ष कोरोना कहरका कारण नव आगन्तुक कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई यसै कार्यक्रममा दोसल्ला ओडाएर स्वागत गरेको हो ।

कायक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञ परिषद्का सदस्य पा.डा. भाषाविद् योगेन्द्र प्रसाद यादव, अतिथि आर्किटेक इन्जिनियर प्रा।डा मधुरा खड्का कार्की, कलाकार सुरक्षा पन्त, चर्चित दोहोरी गायीका टिका सानु, लगाएत विभिन्न कलाकारहरुको सहभागिता रहेके थियो ।
पुरस्कार वितरण कार्यक्रममा मोर्डन कन्या मल्टीपल कलेजका अध्यक्ष रामप्रसाद दहालले ‘जसले स्नातक उतिर्ण गरेर जन्छ, उसले राष्ट्रको लागि हित हुने काम गर्न र एक असल इमान्दार नागरिक भएर, स्वावलम्बी रहेर आफ्नो पहिचान बनाउन विद्यार्थीहरुलाई आग्रह गरे, साथै राष्टको सेवा गर्न एक महिला शिक्षित हुनु नै एक घर परिवार शिक्षित हुनु हो’ भन्ने उनले सबैमा जानकारी गराए ।

कार्यक्रममा विशेष अतिथिहरुले आफ्नो मन्तव्य राख्दै प्रा.डा. भाषा विद् योगेन्द्र प्रसाद यादवले मानवको इतिहास नै शिक्षा बाट सुरु भएको र जिवनका विभिन्न कालखण्डमा शिक्षाले आमुल परिवर्तन गर्दै आएको भन्दै मोर्डन कन्या कलेज अहिले नमुना कलेजको रुपमा स्थापित भएको उनले उनले बताए ।
त्यसै गरी कलाकार सुरक्षा पन्तले महिला उत्थानको लागि कलेज सधै तत्पर रहेको बताउँदै नारी शशतिmकरणको बारेमा चर्चा गरेकि थिईन । कार्यक्रममा कलेजले विभिन्न अतिथिहरुलाई स सम्मान स्वरुपम मायाको चिनो प्रदान गरिएको थिायो । साथै कार्यक्रममा प्रा.डा. मधुरा खड्का कार्कीले आगामी वर्ष देखि सामाजिक कार्यमा सक्रिय रुपले लाग्ने जो कोहि विद्यार्थी लाई रू ५ हजार नगद पुरस्कार दिने घोषणा गरिन । साथै उक्त कार्यक्रममा अन्जु कार्कीले १ लाख १ हजारको अक्षय कोष स्थापनाको घोषणा गरेकी थिइन् ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्दै आजको आवश्यकता स्वरुप विभिन्न भेषभुषा लागाएर मोडलिङ बिषय अन्र्तगत क्याट वाक प्रस्तुत गरेका थिए । साथै चर्चित लोकदोहोरी गायीका टिका सानु, गायीका सिर्जना के.सी., अन्जु गौतम आदिले सांगितीक माहोल बनाएको थिए, भने विद्यार्थीहरुले आफ्नो क्षमता अनुसारको नृत्य प्रस्तुत गरेका थिए ।

