भोजपुरमा भाषा, संस्कार सिकाउन स्थानीय पाठ्यक्रम निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका बालबालिकाको लागि आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । बढ्दो प्रविधिको प्रयोगले बालबालिकामा आफ्नो रहनसहन, भाषा, संस्कार छुट्दै गएको भन्दै बालवालिकालाई आफ्नो क्षेत्रको संस्कृति तथा ऐतिहासिक महत्वको विषयमा ज्ञान दिने लक्ष्यसहित गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण थालेको हो ।

भोजपुरको पौवादुङमा गाउँपालिकाले यहाँका ३३ ओटा सामुदायिक विद्यालयलाई लक्षित गरेर स्थानीय पाठ्यक्रम निर्माण थालेको हो । केन्द्रले निर्माण गरेको पाठ्यक्रमले स्थानीय स्तरका विषयबस्तुहरुको ज्ञान वालवालिकामा नहुने ठहर गर्दै गाउँपालिकाले स्थानीयस्तरमै पाठ्क्रम निर्माणको गृहकार्य थालेको पाठ्य निर्माण समितीका टलक कार्कीले जानकारी दिए । सरकारले कक्षा १ देखी ३ मा ५ पाठ्भार र कक्षा ४ देखी ८ सम्म ४ पाठ्भार बरावरको स्थानीय पाठ्क्रम लागु गर्ने व्यवस्था गरेको छ ।

स्थानीय भाषा र परिवेश सुहाउँदो पाठ्यक्रम निर्माण गरिने बताइएको छ । पाठ्यक्रम यहाँको भाषा, संस्कार, संस्कृति, रितिरिवाज, रहनसहन, ऐतिहासिक तथा धार्मिक महत्व लगायत विषयवस्तुलाई समेटेर निर्माण गरिने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

यता गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार शिक्षा क्षेत्रको विकासले मात्र समाज परिवर्तनमा टेवा पुग्ने भएकाले यसको गुणस्तर सुधारमा विशेष ध्यान दिएको बताउँछन् ।

केन्द्रमा निर्माण भएको पाठ्क्रममा स्थानीयस्तरका विषयबस्तु छुटेको विषयमा बेलाबेलामा आवाज उठिरहेका छन् । सरकारले अनिवार्य रुपमा स्थानीय पाठ्यक्रम निर्माण गरेर अध्ययन गराउने भनेपनि त्यसको कार्यान्वय पक्ष भने फितलो देखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->