भनिन्छ राज्यको पहिलो प्राथमिकता शिक्षा हुनुपर्दछ । असल र गुणस्तरिय शिक्षाले मात्र सवल अनि सक्षम नागरिक बन्छन् ।
बाल बालिकालाई गुणस्तरीय शिक्षा आर्जनको लागि व्यवस्थित भौतिक पूर्वधार अत्यावश्वक पर्दछ । तर बाराको आदर्श कोटवाल गाँउपालिका वडा नम्बर ५ मा रहेको श्री नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुदा बालबालिकाहरु चिसो भुइँमा पलेटी कसेर पढ्न वाध्य भएका छन् ।
शिक्षामा जिल्लाकै पुच्छरमा रहेका पालिकामा पर्दछ । झन् दैलो सरकार स्थानिय सरकारले पनि यसलाई वेवास्ता गर्दा पुच्छरबाट माथि हुने छाटकाट देखिएको छैन् ।

बाराको आदर्श कोटवाल गाँउपालिका वडा नम्बर ५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था अहिले नाजुक रहेको छ ।
बिगत ३ बर्षबाट गाँउपालिकाले नया भवन बनाउने भन्दै पुरानो पाचकोठे भवनमा कुनै लगानी गरेको छैन ।
विद्यालयमा पठपाठन गर्न बालबालिकाहरु विद्यालयको चौरमा, वरन्डाको चिसो भुइमा बसेर पढ्न वाध्य भएका छन् । यसरी पढ्दा आफुहरुको पढाइमा निकै नराम्रो असर परिरहेको श्री नेरा आधारभुत टेढाकट्टी विद्यालयका प्रधानाध्यापक सारदा सिंहले गुनासो गरिन ।

कक्ष १ देखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ४ सय हाराहारी विद्यार्थी रहेका छन् । विद्यार्थीहरुलाई राखेर पढाउन कक्षा अपुुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर वहुकक्षा संचालन गर्दै आइरहेको छ ।
जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित भएको छ । विद्यालयमा बसेर पढ्ने ठाउ नभएर आधाजस्तो विद्यार्थीहरु विद्यालयनै आउन छाडेको छन । बाल विकास समेत संचालन गर्नमाग गरेको भएतापनि गाँउपालिकाले बेवास्था गर्ने गरेको प्रधानाध्यापक सिंहले बताईन ।
विशेषगरी दलित समुदाय, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने विद्यालय भएर पनि जनप्रतिनिधीहरुले वेवास्ता गरेको स्थानियको आरोप छ ।
अधिकासं हुने खाने र सम्पन्न परिवारका बालबालिकाहरुलाई अभिभावकले सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेका छन् ।
ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयमा आर्थिक रुपले पछाडि रहेका अभिभावकहरुका बालबालिका पढ्ने गरेको पाइन्छ । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्न सके राम्रो भविष्य बन्ने आशमा विद्यालय पठाएका अभिभावकहरु विद्यालयमा कक्षा कोठाको अभावमा प्रभावकारी पढाइ नहुँदा अब छोराछोरीको भविष्य के हुने भनेर चिन्तामा परेका छन् ।
आजको बालबालिका भोलीका देशका कर्णधार हने हुनाले आज शिक्षा नपाएका बालबालिका भोली के हुने चिन्ता स्थानिय जनप्रतिनिधीहरुलाई नभएको स्थानियको गुनासो छ । आफुहरु पढ््दा कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।
विद्यालयको अवस्था हेर्दा कतैपनि अध्ययन, अध्यापनको वातावरणनै देखिदैन् ।

आफुहरुले चाँडै नयाँ भवन निमार्ण गर्न यस अगीका स्थानिय जनप्रतिनिधिले बिघालयमा ध्यान नदिएकाले बिघालयहरुको सुधार नभएको आदर्श कोटवाल गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रुपेश नारायण सिंह बताउछन् ।
हाल विद्यालयमा जम्मा ४ वटा कोठा मात्र रहेको एक भवन छ । भने प्रशासनिक भबन उर्को छ जसमा एउटा कोठामा निमार्ण सिमेन्ट सामाग्री राखिएका छन् भने सोही कोठामा विद्यालयको अफिस पनि रहेको छ । गाँउपालिकाले विघालय सुधारमा वस्ता नगरेपछि विद्यालयको अवस्था अनि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।
शिक्षा राष्ट्रको प्रमुख मेरुदण्ड हो । तर हाम्रो देशका धेरै सामुदायिक विद्यालयको अवस्था भने नाजुक रहेको हुदाँ अबको पाँच बर्ष शिक्षामा लगानि गर्ने आदर्श कोटवाल गाँउपालिका प्रमुख जवाहर प्रसाद साहले बताए । उनले चाडै पुरानो जीर्ण भवन भत्काएर नया भवन बनाउने र अब बालबालिकाहरु चिसो भुइँमा बसेर पढ्ने समस्याको चाडै समाधान निकाल्ने आदर्श कोटवाल गाँउपालिका प्रमुख साहले बताए ।

धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ । आदर्श कोटवाल गाँउपालिकामा रहेको यस आधारभुत विद्यालयको नया भवन कहिले बन्छ र विद्यार्थीहरुले चिसो भुँइमा बसेर पढ्नु पर्ने वाध्यताको अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ ।
