पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका एक बहादुर श्रेष्ठले दिए एमालेबाट राजीनामा

नेकपा एमालेका मधेश प्रदेश सदस्य एक बहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन्।

सिबिक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा क्षेत्र नम्बर १ क बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्।

पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत टिकट दिएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।

उनीसंगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यम बहादुर खड्का नारयण र गोपाल प्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।

एमाले पार्टीबाट त्रीलेकी चौधरीेलाई प्रदेश सभाको टिकट दिएपछि एक बहादुर श्रेष्ठका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।

यसअघि श्रेष्ठले स्थानिए तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

प्रेस विज्ञप्ति

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->