एमाले सचिव रायमाझीलाई जोगाउँन अध्यक्ष ओली सक्रिय

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँने भन्दै सयौं नेपाली नागरिकबाट करोडौं रकम ठगी गरिएपछि त्यसमा उच्च पदस्थ नेता एवं कर्मचारी नै संलग्न रहेको खुलासा भएको छ । थप अनुसन्धान एवं आवश्यक कारवाही प्रक्रिया प्रहरीले अगाडी बढाईरहेको बेला यसले चर्चा पाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायतका अनुसार हालसम्म यस घटनामा जोडिएका भनिएका आठ जना पक्राउ परिसकेका छन् । बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा मामिला सल्लाहकार इन्द्रजीत राई सहितलाई प्रहरीले पक्राउँ गरि अनुसन्धान अगाडी बढाएको छ । पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डे यसअघि गृह मन्त्रालयमा थिए ।

प्रहरीले बुधबार पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । बिहिबार काठमाडौं जिल्ला अदालतले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी विरुद्ध पनि पक्राउँ पुर्जी जारी भएको छ ।

एमाले सचिव रायमाझी बिरुद्ध पक्राउँ पुर्जी जारी भएपछि उनी सम्पर्क बिहिन भएका छन् । प्रहरीले उनलाई पक्रिनका लागि लागेको जनाएको छ । प्रहरीले रायमाझीलाई प्रक्रिन खोजेको सूचना पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यस बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

बिहिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा सिंहदरबारमा यसबारेमा छलफल भएको छ । छलफल पश्चात सञ्चारकर्मीसंग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन नपाईने भन्दै रायमाझीको बचाउँ गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटना रहस्यमय रहेको आरोपप लगाउँदै उनले एमाले सचिव रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए ।

‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ’ एमाले अध्यक्ष ओलीले भने, ‘यो प्रकरणमा को–को दोषी हुन् ? नियतवश तानिएको हो कि तनाइएको हो ? भनेर हामी पनि अध्ययन गर्दैछौँ । यसमा निदोष पर्नु हुँदैन, तर दोषी उम्किनु हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौँ ।’

प्रधानमन्त्री प्रचण्डको त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने, तर निर्दोषलाई फसाउन पनि नदिइने बताए ।

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई समेत पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गर्दै रायमाझी विरुद्ध पक्राउँ पुजी जारी गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।

कहाँ हराए टोपपबहादुर रायमाझी ?
एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीसंग फोनवार्ता भएको खुलेको छ । रायमाझीसँग हिजो (बुधबार) साँझ आफ्नो कुरा भएको ओलीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डसंग सिंहरदबारमा भेटेपछि सिंहदरबारमा ओलले सो जानकारी दिएका हुन् । ओलीले सञ्चारकर्मीसंग भने– ‘मैले उहाँ (रायमाझी) सँग हिजो बेलुकी कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ ? उहाँले मैले आइजिपीलाई कुरा गरेको छु भन्नुभयो । एक पटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’

फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताएका थिए । उनले भने, ‘म भोलि काठमाडौं आउँदै छु भन्नुभएको थियो, काठमाडौं आउँछु भनेको मान्छेलाई आज कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन ।’

एमाले अध्यक्ष ओलीलाई ‘काठमाडौं आउँदै छु’ भनेका रायमाझी कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन । रायमाझी विरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि रायमाझीलाई प्रहरीले खोजी तीव्र पारेको छ ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए । उनीसंगै सभामुख देवराज घिमिरेसमेत रहेका थिए ।

सो कार्यक्रम सकेर बुधबार नै सभामुख घिमिरे र रायमाझी एउटै प्लेनमा फर्किने गरी टिकट काटेका थिए । तर कार्यक्रम चल्दै गर्दा रायमाझी विरुद्ध पक्राउँ पुर्जी जारी भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको बताउँदै उनले कानुन अनुसार अनुन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कानुनलाई सघाउँछु र ओलीलाई काठमाडौं आउँदै छु भनेका उनै रायमाझी बुधबार रातिदेखि नै सम्पर्क बिहिन छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरीकोले जनाएको छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले जनाएको छ ।

शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्ने भन्दै ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो । सरकारीस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी करोडौं पैसा संकलन गरेको थियो । यही आधारमा गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको थियो । गिरोहले कैयौंलाई शरणार्थीका रूपमा नक्कली कार्ड पनि बनाइदिएको थियो ।

संरक्षण किन ?
१० बैशाखको उपनिर्वाचनको अघि चैत अन्तिम साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. श्रेष्ठले मन्त्री बन्न पार्टीलाई पैसा दिनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो ।

उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले तत्कालै उनलाई ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दियो । रास्वपाले उनलाई सांसद र पार्टी सदस्य समेतबाट कारवाही गर्याे । श्रेष्ठले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि रास्वपाले २६ चैतमा कारवाही गर्यो । तर अहिले एमाले सचिव रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएको घटनालाई लिएर सामाजिक सञ्जालमा कतिपय सर्वसाधारणले केही साता पहिले रास्वापाका ढाकाकुमार श्रेष्ठको घटनासँग तुलना गरिरहेका छन् ।

रायमाझीलाई कारवाही किन नगरेको आक्रोश व्यक्त गर्दै उनीहरुले संरक्षणा किन गरेको भन्दै प्रश्न उठाएका छन् । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएसँगै उनलाई बचाउन एमाले नेतृत्वले दौडधुप गरेपछि आलोचना भईरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->