नक्कली शरणार्थी प्रकरणमा हाम्रो हस्तक्षेप हुदैन

काठमाडौं । नेपाली नक्कली शरणार्थी प्रकरणमा प्रमुख तीन दलका शीर्ष नेताहरुले पटक पटक गोप्य भेटघाट गर्दै आएका छन् । एमाले नेता सो प्रकरणमा मुछिएपछि शुरुमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा पटक पटक छलफल भयो । कांग्रेस नेता सोही प्रकरणमा पक्राउँ परेपछि सो भेटघाटमा कांग्रेस सभापति देउवा पनि सामेल भए ।

यसरी यि तीन नेताहरुका बीचमा पछिल्लो हप्तादेखी भेटघाट दिनहुँ हुन थालेपछि सर्वसधारणका साथै कतिपय नेताले आरोपित नेतालाई जोगाउँन भेटघाट दिनहुँ भईरहेको आशांका गर्दै आएका छन् । प्रहरी अनुसन्धानमा हस्तक्षेप गरेर आफ्ना नेताहरुलाई जोगाउँका लागि भेटघाट भईरहेको आशंका गरिए पनि सो अनुसन्धानमा सघाउँने निष्कर्षमा पुगेका छन् ।

आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफल भएको थियो । सो छलफलमा शरणार्थी प्रकरणमा हस्तक्षेप नगर्ने, अनुसन्धानमा सहयोग गर्ने सहमती भएको छ ।

एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङले शीर्ष तीन दलका नेताहरुबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताउँदै सो प्रकरणमा भईरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरुबीचमा छलफल भएको बताए ।

शीर्ष नेताहरुले संविधान र कानुनअनुसार काम कारवाही अघि बढाउन बैठक बसेको र यो प्रकरणमा कुनै हस्तक्षेप नहुने जानकारी उनले दिए । ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरु तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो ?

मैले तपाईंहरुको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यु र नेताहरुलाई । तपाईंहरु तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निस्कर्षमा छौं, त्यो संविधान कानुन बमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ’ उनले भने ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा विरुद्ध पक्राउँ पुर्जी जारी भएको छ । यस्तै एमालेको सचिव पदबाट निलम्बनमा परेका टोपबहादुर रायमाझी अहिले फरार छन् । कांग्रेस नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउँ परिसकेका छन् । अन्य उच्चपदस्त नेता र कर्मचारी कोही पक्राउँ परेका छन्, भने कोही फरार छन् । यि नेताहरुलाई जोगाउँ भेटघाट भएको र अनुसन्धानमा हस्तक्षेप नहोस भनि नागरिकहरु आन्दोलन समेत गरिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->