नक्कली शरणार्थी नेता टेकनाथ रिजाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं। भुटानी नेता टेकनाथ रिजाललाई विहिवार सम्म हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएका उनलाई प्रहरीले दिउँसो जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो । त्यसक्रममा अदालतले दुई दिन हिरासतमा राख्द अनुमति दिएको हो । रिजालसहित यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएपछि प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेश गरिसक्नुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->