चीन भ्रमणका लागी  प्रमुख सत्तारूढ दलका नेताहरू चीन प्रस्थान !

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेको छ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए ।

आजै छिन्दु प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी(केन्द्र)का उपाध्यक्ष समेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु , सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->