आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सभाको संयुक्त बैठकमा सरकारको उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति पौडेलले समृद्ध, सवल र न्यायपूर्ण नेपाल बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ।

राष्ट्रपति पौडेलले भने, ‘विधान र संघीयताको प्रभावकारी कार्यान्वयन हुने, उत्पादन र रोजगार वृद्धि भई सबल र समाजवादउन्मुख अर्थतन्त्र निर्माण हुने विश्वास छ।’

यसैगरी नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच वृद्धि हुनुका साथै सेवा प्रवाहमा परिवर्तन भएर जनताको राज्यप्रतिको विश्वास बढोत्तरी हुने अपेक्षा  उनले गरेको बताए।

-तथा-कार्यक्रम-२०८०-फाइनल1684498861

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->