काठमाडौ । प्रधानमन्त्री तथा नेकपा माआेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा केही समय भित्र ठुलठुलाे एक्सन हुने त्यो एक्सनले पार्ने प्रभाव पनि ठूलो हुने बताए ।प्रेस सेन्टर नेपालकाे १९ आैं साधारणसभाकाे शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री एवम् माआेवादी अध्यक्ष प्रचण्डले बेथिति र विकृति बिरूद्व लडाइ चलाउनु बाहेक अब अर्को विकल्प नभएको बताए ।
जस्तोसुकै चुनाैती र समस्या आएपनि भ्रष्टाचार बिरूद्वकाे अभियान लाग्ने जनयुद्धको बेलामा जस्तो मानसिकता गरेर हामफालेकाे प्रधानमन्त्री प्रचण्डले बताए ।

अहिले सरकारकाे नेतृत्व गर्ने गरि आफ्नो पार्टीको
सिट संख्या नभएपनि राजनीति आन्दोलनकाे तागत कै कारणले त्यो ठाउँमा पुगेको समेत स्पष्ट पारेका थिए ।
प्रेस सेन्टर नेपालले आफ्नो साधारणसामा संगठन स्थापना गर्ने संस्थापक अध्यक्ष महेश्वर दाहाल ,खिल बहादुर भण्डारी ,आेम शर्मा लगायत पत्रकारहरूलाई सम्मान पत्रबाट सम्मान गरेका थिए ।
कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार बाट खिल बहादुर भण्डारी ,शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार बाट स्वर्गीय त्रिभुवन पाैडेल र बेपत्ता याेगदान पत्रकारिता पुरस्कार बाट कर्णाली प्रदेशका पत्रकार दिलमाया शाही लाई नगद सहित पुरस्कृत गरिएको थियो ।

श्रम अधिकार ,समृद्धि र सुशासन ,जनपक्षीय पत्रकारिताकाे लागि हाम्रो अभियान भन्ने नारा साथ प्रेस सेन्टर नेपालकाे १९ आैं केन्द्रीय साधारणसभा तथा २१ आैं कृष्ण सेन इच्छुक स्मृति दिवस शंखरापुर नगरपालिका साँखुमा शुरू भएको छ ।
