आधुनिक शिक्षा संगै बिद्यार्थीहरू दिनप्रतिदिन ब्यवसायीक बन्दै

काठमाडौ ।आधुनिक शिक्षा संगै बिद्यार्थीहरू दिनप्रतिदिन ब्यवसायीक बन्दै गएको  बेला राजधानीमा बिबिए अध्ययनरत बिद्यार्थीहरू आफ्नो पढाइको अलवा विभिन्न अतिरिक्त क्रियाकलाप गरेर सामाजिक र ब्यवहारिक ज्ञान समेत लिइरहेका छन् । अहिले राजधानीमा भएको रगत अभाव लाई समेत टेवा पुर्‍याउन कलेज मै रक्तदान कार्यक्रम समेत बेलाबेलामा गरेर उदाहरणीय काम शुरू गरेका छन् ।

अभिभावकहरू अहिले क्याम्पस तहमा अध्ययनरत बिद्यार्थीहरू ब्यवहारिक र सामाजिक नभएको भन्ने गुनासो बढिरहेको समयमा एस कलेजमा अध्ययनरत बिद्यार्थीहरू भने पढाइको अलवा सामाजिक र ब्यवहारिक शिक्षा लाई समेत संगसंगै लिएर अगाडि उदाहरणीय काम गरिरहेका छन् ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेज बानेश्वरमा बिबिए तहमा अध्ययन गर्ने बिद्यार्थीहरूले कलेजमा बृहत स्वास्थ शिविर आयोजना गरि कलेजका बिद्यार्थी र शिक्षकहरूले कार्यक्रममारक्तदान गरेर रगतको अभावले छट्पटी रहेका बिरामी लाई रगत दिएर जीवन बचाउनु पर्छ भन्ने सन्देश दिन रक्तदान कार्यक्रम गरेको एस कलेजका बिद्यार्थी सांदिम लामाले बताए।

रगत आवश्यक पर्ने बिरामीको लागि सामाजिक संघसंस्थालाई रक्तदान गर्न लगाएर रगत पुर्ति गर्ने काम गरिरहेकाे साथै एक परिवार एक रक्तदान भनेर अभियान ल्याएको त्यसको लागि एक परिवार एक सदस्य बाट ३/३ महिनामा रक्तदान गरे समस्या समाधान हुने अभियन्ता किरण याेगीेले बताए ।

बिद्यार्थीहरू पढाइमा मात्र केन्द्रीत नभएर अरू सामाजिक र ब्यवहारिक बन्नुपर्छ भन्ने उदेश्यले
क्याम्पस रक्तदान ,आँखा जाँच ,र दाँतकाे समेत उपचार कार्यक्रम राखेको बिद्यार्थी ज्याेस्ना बस्नेतले बताए ।

कलेजमा पढ्ने बिद्यार्थी लाई ब्यवसायीक मात्र नबनाई सामाजिक र ब्यवहारिक बनाउने मुख्य उदेश्य साथ कलेजले स्वास्थ शिविर आयोजना गरेको कार्यक्रम संयाेजक मंगेस त्रिपाठीले बताए । एस कलेज बिबिए म्यानेजमेन्ट अध्ययनरत बिद्यार्थीहरूले कलेजमा स्वास्थ शिविर गर्न
एसिइ सस्टेनिबीलीटी क्लब (Ace sustainabilty club) क्लब ,समाज डेन्टल हस्पिटल ,शान्त नेपाल समाज लगायत विभिन्न स्वास्थ्य संस्थाकाे सहकार्यमा कलेजमा अध्ययनरत ५५४ जनाले स्वास्थ शिविर बाट स्वास्थ्य जाँच गरेका थिए ।

बिबिए अध्ययन गर्ने बिद्यार्थीहरूले आफ्नो क्लब मार्फत बेलाबेलामा पढाइको साथसाथै बिद्यार्थी लाई ब्यवहारिक र सामाजिक बनाउन विभिन्न अतिरिक्त क्रियाकलापमा समेत जाेड्दै जान थालेपछि बिद्यार्थीहरूमा रक्तदान गर्नुपर्छ भन्ने भावनाकाे समेत बिकास भएको देखिन्छ ।
एस कलेजमा अध्ययनरत बिद्यार्थीहरूले यस्तो अतिरिक्त काम क्रियाकलाप लाई निरन्तरता दिन सकेको खण्डमा यसले समाजमा नयाँ उत्साह समेत बढ्ने देखिन्छ । स्वास्थ शिविरमा आँखा जाँच २५५ जनाको दाँतकाे जाँच २४५ काे भएको शिविरमा ५५ जना बिद्यार्थीले रक्तदान गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->