केपी शर्मा ओली: मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सुनले ढाकेको आफ्नो भाइरल फोटोमा टिप्पणी गरेका छन् । बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफूमा सुनप्रति कहिल्यै मोह नभएको भन्दै आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् ।
‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु ! त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ,’ओलीले भने, ‘आमाले दिएको त्यो औँठी लाएपछि आमा पटक पटक सम्झने र हडबड भएपछि तीन चार दिनपनि लगाउन सकिनँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ । यति साहे झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ?’
अध्यक्ष ओलीले नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताए । शिक्षित मानिसहरु नै छाडा र विकृति भित्र्याउन लागिपरेको उनले बताए ।

ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->