बागलुङमा बिश्व वातावरण दिवस मनाइयो

बागलुङ । विश्व वातावरण दिवसको उपलक्षमा कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयले यसपटकको वातावरण दिवसको मूल ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नारासाथ अन्तरक्रिया गरि मनाएकाे छ ।

कार्यक्रममा वक्ताहरूले विश्वभर वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी ज्ञान बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी लाई दिनसकेकाे खण्डमा यसले समाजमा सकारात्मक प्रभाव पारि वातावरण जाेगाउन मद्दत पुर्‍याउने धारणा राखेका थिए । अहिले भइरहेको जलवायु परिवर्तनको असरले मानव तथा पृथ्वीमा यसले नकारात्मक प्रभाव पार्दै गइरहेको हुदा अहिले देखि नै वातावरण जाेगाउन सबैले भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी
चित्रांङत बराल ,नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्य ,उपसभापति राजेन्द्र आचार्य ,राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ ,कालीगण्डकी आवाशिय बिद्यालयका प्रिन्सिपल निरन्जन लाल राजभण्डारी ,लायन्स क्लब कालीगण्डकीका नारायण प्रसाद आचार्य , कार्यक्रममा कार्यपत्र कालीगण्डकी आवाशिय माध्यमिक बिद्यालयका सामाजिक बिषयका शिक्षक जीवन नाथ शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत राजकुमार नेपाली संचालन शिक्षक केदार शर्मा र कालीगण्डकी आवाशिय माध्यमिक बिद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्य अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।सो अबसरमा बिद्यार्थिले जनचेतना मुलक नाटक र नृत्य प्रर्दशन गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->