काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३औं ग्राण्ड्सलामा उपाधि जितेका छन् ।
आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर रोला ग्यारोमा तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।
जोकोभिचले रुडलाई ७६, ७१, ६३ , ७५ ले हराए ।
जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।
