‘भुटानले हजारौं ट्रक ढुंगा  निर्यात गर्छ,हामी मात्र वातावरण विगार्ने कसरी भयौं ?: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको ढुंगामाटो निर्यातबारे बजेटले उल्लेख गरेको विषयबारे बचाउ गरेका छन् । उनले बजेटमा चुरे भत्काउने नभनेको भन्दै कहाँ उपयुक्त ठाउँ छ, त्यसको पहिचान गर्न सकिन्छ मात्र भनेको बताए ।

सम्भावनातर्फ इंकित गरेको भन्दै उनले भने, ‘भुटानले हजारौं ट्रक ढुंगा बंगलादेशमा निर्यात गर्छ, अष्ट्रेलियाले विशाल खाल्डो कोइला निकाल्छ, उनीहरु वातावरणप्रति बेखबर, हामी मात्र वातावरण विगार्ने कसरी भयौं र?’

वातावरण नबिगारी सम्भावनाको खोजी गर्ने मात्र बजेटले भनेको उनको तर्क छ । फलामलगायत अन्य खनिज पदार्थकै रुपमा माटो ढुंगालाई पनि लिनु पर्ने उनले बताए ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->