काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) राति सिंगापुर जाने भएका छन् ।
उनी ‘फलोअप’का लागि सिंगापुर जाने भएका हुन् । देउवाले पछिल्लो एक दशकदेखि सिंगापुरमा उपचार गराउँदै आएको सचिवालयले जनाएको हो । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो ।
२०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति नबनेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण उनको ‘फलोअप’ रोकिएको थियो ।
देउवा विगत २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएका छन् ।
