निबन्ध तथा बक्तृत्वकला प्रतियोगितामा बिश्व निकेतनका विद्यार्थीहरु अब्वल श्रेणीमा

काठमाडौँ । निबन्ध लेखन तथा बक्तृत्वकला प्रतियोगितामा विश्व निकेतका विद्यार्थीले सफता हसिल गरेका छन् ।

काठमाडौँ महानगरपालिका र साउथ एशिया पार्टनरसिप नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा कक्षा १० मा अध्यनरत विद्यार्थी स्वस्तिक अधिकारी प्रथम भएका हुन्,

साथै कक्षा १० कै छात्र बिभव ढकालले दोस्रो स्थान प्राप्त गरेका छन् । भने प्रथम र दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुले ५००० र ३००० नगद सहित पुरस्कार प्राप्त गरेका हुन् ।

त्यसै गरी यता बक्तृत्वकला तर्फ विश्वनिकेतकै छात्र छात्राले सबै स्थानमा विजयी हासिल गरी क्लिन स्विप गरेका हुन् ।

बक्तृत्वकला प्रतियोगितामा कक्षा १० कि छात्रा जुनिशा कार्कीले प्रथम, कक्षा ८ का छात्र दिप्सन बराइली द्वितीय र कक्षा ७ का छात्र हिमाल रामले तृतीय स्थान हासिल गरेका थिए ।

उनीहरुले क्रमश रु ५०००, रु३०००, रु २००० नगद सहित पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->