काठमाडौं । अवस्था सामान्य भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएका हुन् ।
