सामाजिक सञ्जालको जथाभावी प्रयोग नगर्न कर्मचारीलाई गृहमन्त्रालयको निर्देशन

काठमाडौँ । पछिल्लो समय सूचना प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । विशेषगरी फेसबुक, ट्वीटर, टिकटक र इन्स्टाग्रामको प्रयोग धेरैले गरिरहेका छन् ।

तर, पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा ज्यादा छाडापन देखिन थालेको छ । यसमा अरुलाई नियम सिकाउने सरकारी कर्मचारीहरु नै सामाजिक सञ्जाल दुरुपयोगमा अगाडि देखिएको भन्दै गृहमन्त्रालयले निर्देशन पत्र निकालेको छ ।

कसैको मानमर्दन गर्ने र व्यक्तिगत जीवनमै ठेस पुर्‍याउने मनसायले अभिप्रेरित भई सामाजिक सञ्जालमा लेखिए, त्यसमा सम्बन्धित व्यक्तिले उजुरबाजुर गरे कानुन अनुसार गाली बेईज्जती ऐन अनुसार सिधै अदालतमा मुद्दा दर्ता गर्न सकिन्छ ।

नेपाल प्रहरीको साईबर ब्यूरोसँगै अन्य केही प्रहरी युनिटले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->