सेवा आयोगले गर्‍यो २ जना परीक्षार्थीको परीक्षा रद्द

काठमाडौँ । शिक्षक सेवा आयोगले २ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । २६ चैत २०७९ मा प्रकाशित माध्यमिक तह शिक्षक पदको लिखित परीक्षा (सामान्य)को नतिजामा उत्तीर्ण भएका २ जना उम्मेदवारहरूले नतिजा रद्द गरेको हो ।

त्यसरी नतिजा रद्द गरिएकोहरू मध्ये एक परीक्षार्थीले अनुपस्थित उम्मेदवारको रोल नम्बरमा अर्को उम्मेदवारको संकेत गरेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै अर्का उम्मेदवारको हकमा १९ भदौं २०७९ गतेको निर्णय अनुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ४३ बमोजिम कारबाही गरिएकोले परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->