मन्त्री ज्वालाद्वारा समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन।सो कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको थियो।

सो कार्यक्रममा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष बिश्वमणी सुबेदी, संगठनका उपाध्यक्ष,उपमहासचिव, सचिव तथा देशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको उपाध्यक्ष सुभाष साहले बताए।

सो अवसरमा मन्त्री ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै, समाजवादी प्रेस संगठनले अन्य संगठन भन्दा छुट्टै पहिचान बनाएर अगाडि बढने बिश्वास व्यक्त गरे।


त्यसैगरी सो कार्यक्रममा आफ्नो धारणा राख्दै समाजवादी प्रेस संगठनका अध्यक्ष बिश्वमणि सुबेदिले समाजवादी प्रेस संगठन सधैभरि श्रमजीवी पत्रकारको पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए।

यहि जेठ २६ र २७ गते काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठनको प्रथम अधिबेशनबाट सुबेदिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->