मुख्य सचिव नियुक्तिको तयारी,मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सरकारले आज नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्दै छ ।

नयाँ मुख्य सचिवको रुपमा डा। बैकुण्ठ अर्यालको सम्भावना छ । ‘हालका मुख्य सचिव शंकरदास वैरागीलाई कुनै आकर्षक पदमा व्यवस्थापन गरेर अर्याललाई मुख्य सचिव बनाउने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->