काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहिबार(आज )को सुनुवाइ सकिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
त्यसक्रममा उनले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका थिए ।
सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्नेछ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।
हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।
