काठमाडौंं । उपाधि जिते संगै डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजिनमा पहिलो खेल नै बर्नलीसँग खेल्ने भएको छ ।
बिहीबार सार्वजनिक पहिलो राउण्डको खेल तालिकाअनुसार बर्नली र सिटीको खेल ११ अगष्ट (२६ साउन)मा हुनेछ । सिटीले यो सिजन लिगसँगै एएफ कप र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
दोस्रो डिभिजनको लिग ईएफए च्याम्पियनसिपको विजेता बर्नलीको प्रशिक्षक भिन्सेन्ट कम्पोनी हुन्, जसले ११ वर्ष सिटीबाट खेलेका थिए र चार लिग उपाधि जितेका थिए । पेप ग्वार्डिओला नेतृत्वमा सिटीले पछिल्लो ६ सिजनमा ५ उपाधि जितेको छ ।
